बैशाख १५ काठमाडौं। नेपाली काङग्रेसका नेता नरहरि आचार्यले एकीकृत नेकपा माओवादीका ढुलमुले चरित्रका कारणले गर्दा थपिएको समयमा पनि संविधान बन्न नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंको एक कार्यक्रममा नेता आचार्यले बाँकी रहेको समयमा सबै प्रक्रिया पूरा गर्दा पनि संविधान ल्याउन नसकेमा मात्रै संविधानसभाको म्याद थपको विषयमा सोच्न सकिने बताउनुभयो ।
उहाँले माओवादीले चाहेको जस्तो जनवादी शासन व्यवस्था नेपालमा सम्भव नभएको बताउँदै आफूले गरेका सबै सम्झौता पालना गर्न पनि एकीकृत माओवादीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नागरिक पहल नामक संस्थाका अध्यक्ष राजेश सिलवालले राष्ट्रिय सहमतिबाट मुलुकलाई निकास दिन सबै दलहरुलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।
0 comments:
Post a Comment