चैत २५ अर्घाखाँची। नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले माओवादी बन्दुककै भरमा ठूलो पाटी भएको बताउनुभएको छ । माओवादीले लडाकु समायोजन गर्न नचाहेका कारण जेठ १४ गते संविधान बन्न नसक्ने बताउँदै लडाकु समायोजन र माओवादीको हिंसात्मक गतिविधि अन्त्य नभएसम्म संविधान जारी नहुने उहाँको तर्क थियो।
अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्नुहुदै महासचिव पोखरेलले माओवादीले शिविरमा रहेका लडाकु र हतियार व्यवस्थापन नगरेसम्म बन्दुकको छायाँमुनी रहेर संविधान निर्माण नहुने जीकिर गर्नुभयो ।
0 comments:
Post a Comment