चन्द्रश्वर बस्ताकोटी
बैशाख १६ मुस्ताङ। जेठ १४ भित्र संविधान निर्माण हुने सम्भावना निकै कम रहको एकिकृत नेकपा माओबादीका प्रवक्ता दिननाथ शर्माले बताउनुभएको छ ।शुक्रबार मिरेष्ट नेपालले मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन आउनुभएका शर्माले पत्रकारहरुसग पुर्ण संविधान जारी गर्न नसकिएपनि एकिकृत मस्यौदा भने सार्वजनिक गर्न सकिने बताउनुभएको हो । जति सुकै मत बाझीएको देखिएपनि नेपालका राजनितिक दलहरु अन्तमा आवश्यकताको बेला एक भै निर्णयमा पुग्ने गरेको समेत बताउनु भयो ।
उहाँले राजनैतिक अस्थिरताले विकास निर्माणलाई प्रभाव पार्न नहुने समेत प्रस्ट पानुभयो । नर्वेका राजदुत थोर जिसले सेन, नेकपा एमालेकी सभाषद् लक्की शेर्पा लगाएतका नेताहरूसंग जोमसोमको एयरपोर्ट स्थित एक्याप जोमसोमको कार्यकक्षमा सञ्चारकर्मीसंग कुराकानी गदै शर्माले शान्ति र संविधान माओबादीको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।
कार्यक्रममा धौलागिरि अञ्चलको मात्र नभई नेपालकै विकासका लागि कोसेढुङा सावित हुने भएको चिन र भारतलाई छोटो दुरीमा जोड्ने कालीगण्डकी करीडोर सम्पन्न गर्न सवै राजनैतिक दलका सभाषद एक जुट भएको समेत बताउनुभयो । उहाँले बिकास निर्माणमा दलगत स्वार्थ प्रयोग हुन नहुने समेत प्रस्ट पार्नुभयो । भैरहवा, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्ला समेत जोडने कालीगण्डकी करिडोरले नेपालकै बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताइन्छ ।
कार्यक्रममा नर्वेका राजदुत थोर जिसले सेनले शान्ति प्रकृया र सबिधान निमार्णमा नर्वेले उत्तीकै महत्व दिएको बताउदै सबिधानले नागरिकको र नागरिकले सबिधानको रक्षा गर्नुपर्ने बताउनु भयो ।
सार्वजनिक सुनुवाईका लागि एकिकृत नेकपा माओबादीका प्रवक्ता दिननाथ शर्मा, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, एकिकृत नेकपा माओबादीका सभाषद बिरेन्द्र ज्वारचन, नेकपा एमालेकी सभाषद् लक्की शेपा र टसि साङमो गुरुङसेनी नर्वेका राजदुत थोर जिसले सेन लगायत मुस्ताङ आएका हुन । पत्रकार भेटधाटमा नेपाली काग्रेसका नेता मिनेन्द्र रिजाल भने सहभागी हुनु भएन ।
कार्यक्रममा स्थानिय बासीन्दा, आमा समुहका प्रतिनिधिहरु, मिरेष्ट नेपालका अध्यक्ष सुरेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment