Sahara Sansar

Monday, April 25, 2011

राष्ट्रिय साहित्य महोत्सवको तयारीमा तिव्रता

बैशाख १२ सुर्खेत ।आगामी जेठ २५ देखि ३१ गतेसम्म सुर्खेतमा हुन गैरहेको राष्ट्रिय साहित्य महोत्सव २०६८ को तयारीमा तिव्रता दिईएको छ । महोत्सव आयोजक मूल समारोह समितिको व्यस्तता हिजोआज निकै बढेको छ । 

साहित्यको माध्यमबाट सुर्खेतका विभिन्न पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गर्दै नेपाल पर्यटन वर्ष २०११ लाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिन लागेको उक्त महोत्सवमा स्थानीयका अलवा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका कवि— कलाकारहरुको पनि उल्लेख्य उपस्थिति हुने आयोजकले बताएको छ । देशका विभिन्न ठाउँबाट करिब ३०० साहित्यकारहरुको भेला हुने आयोजकको ठम्याई छ । 

नेपालमै यति लामो अवधिको कार्यक्रम पहिलोपटक भएको दावी गर्दै यो मध्यपश्चिम क्षेत्र र विशेषगरि सुर्खेतको लागि गौरब र परिक्षणको कुुरा भएको आयोजकको भनाई छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae