Sahara Sansar

Friday, April 22, 2011

नेपाली काग्रेसकॊ उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौला मनोनित

वैशाख ९ काठमाडौ ।सभापति सुशील कोइरालाले पार्टीको उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनित गर्न राख्नुभएको प्रस्ताव नेपाली काँग्रेस केन्द्रीय समितिको आजको बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ ।

गत मङ्सिर १२ गते सभापति कोइरालाले राख्नुभएको सो प्रस्ताव वरिष्ठ नेता शेरबहादुर देउवापक्षका नेताले असहमति जनाएका कारण पारित हुन सकेको थिएन ।

आजको बैठकमा सभापति कोइरालाले राख्नुभएको प्रस्तावमा केन्द्रीय सदस्य खुमबहादुर खड्का र गोपालमान श्रेष्ठले सहमति जनाउनुभएको थियो । त्यसपछि सो प्रस्ताव पारित भएको केन्द्रीय सदस्य बद्री पाण्डेले राससलाई बताउनुभयो ।

तर अर्का केन्द्रीय सदस्य अर्जुन नरिसंह केसीले भने यत्तिका दिनसम्म यो प्रस्ताव किन रोकियो भन्दै सो प्रस्तावप्रति असहमति जनाउनुभएको थियो ।

बैठकमा युवा नेता गगन थापाले पनि बोल्नुभएको थियो ।

महामन्त्री प्रकाशमान िसंहले सभापति कोइरालाले उपसभापति र महामन्त्री मनोयननको लागि राख्नुभएको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको बताउनुभएको थियो ।

केन्द्रीय समितिको आजको बैठकमा निर्वाचित सदस्यहरुलाई मात्रै बोलाइएको थियो ।

नवनियुक्त महामन्त्री सिटौलाले आजको निर्णयले पार्टीभित्र एकताको सन्देश प्रवाह भएको बताउँदै यसबाट पार्टीलाई ऊर्जा मिलेको पत्रकारहरुलाई बताउनुभयो ।

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीको संसदीय बोर्ड विभागहरु गठनमा सबै पक्षलाई मिलाएर जाने कुरामा सहमति भएको जानकारी दिनुभयो ।

उहाँले त्यसको लागि दुवैपक्षबाट दुई दुईजना रहेको कार्यदल बनाइने बताउनुभयो ।

यसअघि आजै सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच छलफल भएको थियो । सो छलफलमा सभापतिले राखेको प्रस्ताव पारित गर्ने र थप बाँकी मनोनयनहरुमा मिलाएर जाने सहमति भएको बताइएको छ ।

पार्टीमा अझै सहमहामन्त्रीसहित पाँच केन्द्रीय सदस्य संसदीय र्बोड र कार्य साचालन समितिले भने पूर्णता पाउन सकेको छैन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae