Sahara Sansar

Monday, April 25, 2011

चेपाङहरु स्वास्थ्य सेवाबाट बन्चित


वैशाख १२ चितवन। चितवनको पहाडी भेगमा बस्ने चेपाङ समुदायले गरिबी र अशिक्षाका कारण भरपर्दाे स्वास्थ्य सेवा पाउन सकेका छैनन् । जसका कारण कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ ।पाँच-सातवटा बच्चा जन्माइसकेका यहाँका चेपाङ महिलाले अहिलेसम्म स्वास्थ्य परीक्षण मात्र होइन चिकित्सकसँग भेटसमेत नभएको बताएका छन् ।

अशिक्षाका कारण प्रति महिला आधादर्जन बढी सन्तान जन्माउने गरेको र उनीहरुको स्याहारसुसारमा समेत समस्या देखिएको छ ।आफूले कमाएको उब्जनीले ६ महिना मुस्किलले खान पुग्ने गरेको भएपछि ६ महिना जङ्गली कन्दमूलकै भरमा बाँच्नु परेकाले अन्य कुरामा ध्यान नगएको उनीहरुको भनाइ छ ।

चितवन शक्तिखोरका दलबहादुर प्रजा केही वर्षअघिको भन्दा अहिले केही चेतना पुगेको भए पनि अझै गाउँका चेपाङहरुलाई बिरामी हुँदा अस्पताल उपचार गर्न जानुपर्छ भन्ने चेतना नभएको बताउनुहुन्छ । झाँक्रीको भर पर्दा बसे्रनि चेपाङहरुको अल्पायुमै मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

चिकित्सकका अनुसार यहाँका चेपाङ महिलामा पाठेघरको समस्या देखिएको छ भने पुरुषमा सरुवा रोगको प्रकोप देखिने गरेको छ ।समयमा उपचार नपाएका कारण उनीहरुमध्ये कतिपयको शरीरको विकासमा असर परेको देखिएको चिकित्सक केशव भुर्तेलले बताउनुभयो ।

चेपाङहरुको विकासका लागि आएको रकमसमेत सम्बन्धित ठाउँमा नपुग्ने गरेको उनीहरु बताउँछन् । चितवन मकवानपुर पछिको सबैभन्दा बढी चेपाङ भएको जिल्ला हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae