Sahara Sansar

Thursday, April 21, 2011

खाजश्वको लागि सिसिटिभीको प्रयोग

रविन राचलिका
 बैशाख ९ भक्तपुर । भक्तपुर जगातीको पुलिस कार्यलयलाई भन्सार जेलमा परिणत गर्ने उदेश्य भए पनि सरकारी कार्यसम्दानको ढिलाइले सफलता हात लागेको छैन । देशमा भैरहेको भ्रष्टाचार जन्य आरोप लागेका मानिसहरुलाई हाल सिहदरवारको पुलिस कार्यालयमा बन्दी बनाएर राख्ने गरिएको छ । भ्रष्टाचारका बिषयमा अध्ययन अनुसन्धान गर्ने छुटटै युनिट पुलिस प्रसाशनमा नहुदाँ नेपालमा राजश्व छल्ने मानिसहरु शानका साथ बस्दै आएका छन् । 
नेपालमा भन्सार जेलको तड्कारो आबश्यकता भए पनि पुलिस प्रशासनले यस दिशा खासै काम नगर्दा राजश्व संकलन न्यून हुदै आएको छ । भन्सार जेलले जगाती चोकमा जडान गरेको सिसिटिभीबाट राजश्व संकलनमा बृद्धि नभए पनि त्यहाँ कार्यरत कर्मचारीको खाजश्वमा बृद्धि भएको छ । सो सिसिटिभीमा देखिएका खासाबाट आएको गाडीका ब्यापारीसंघ खाजश्व माग्नको लागि बाहेक रिकर्ड गरिएका सामाग्रीबाट सरकारले कुनै लाभ गरेको छ्रैन ।

सो टिभी गत चैतमा स्थानीय नेता नारायणमान बिजुक्छेले उद्घाटन गरेका थिए । 
भ्रष्टाचारजन्य सुचना आदानप्रदान गर्न सरकारले राष्ट्रिय सतर्कता केन्द« खडा गरेको छ । तर सो केन्द« खाजश्व लागि सिसिटिभी प्रयोग भैरहेको बिषयमा बेखखर रहेको छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae