Sahara Sansar

Tuesday, April 26, 2011

राजनितिक चपेटामा गोरखाकाली रबर उद्योग

भगवान खनाल
 गोरखा। देशकै एकमात्र टायर उत्पादन गर्ने गोरखाकाली रबर उद्योग चरम राजनितिका कारण संकटमा परेको छ । देशमा दिनहुँ यातायात व्यवसाय लोकप्रिय बन्दै गरिरहेको अवस्थामा यातायातको लागि प्रमुख रुपमा चाहिने टायर र ट्युव उत्पादन गर्ने उद्योगभने दिनहुँ बन्द उन्मुख बन्दै गएको छ । यो निकै दुःखद अवस्था हो । उद्योगको संचालक समितिमा एमालेको वर्चश्व रहेको छ ।

नीति निर्माण तहमा एमालेकरण हुनुले कर्मचारीहरुको मन जित्ने गरी कहिलेपनि राम्रो काम त्यहाँबाट हुनसकेको छैन । उता संगठानिक रुपमा माओवादीराजका कारण उद्योग राजनितिको चपेटामा छ । यसरी दोहोरो रुपमा उद्योगमा चरम राजनिति व्याप्त छ । टाउकोमा एमाले र खुट्टामा माओवादी बनेर उद्योग घिस्रिएको छ । यसले उद्योगलाई कहाँनेर ठेगान लगाउने हो हेर्न बाँकी छ । उद्योग संंचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर एमालेका सल्लाहकार हुन् । कर्मचारी यूनियनसँग सम्बद्धहरु यसलाई प्रीतिकर मान्दैनन् । उद्योगको माथिल्लो निकाय राजनितिको प्रमुख अखडा बनेको ले निकै समस्या सिर्जना भएको छ।

संचालक समितिले कहिलैपनि उद्योगलाई लाभमा लानेगरी काम गर्न सकेको छैन । राजनितिक दबाबमा रहेको संचालक समितिले राष्ट्रिय उद्योग बचाउनको लागि कुनै प्रयास गरेको पाइदैन । उद्योग स्थापानाताकाका नीति निर्माण तहका एउटै कर्मचारी उद्योगमा छैनन् ।उनीहरुले नाजायज फाइदा उद्योगबाट कमाए । यहाँको कुनै पनि अनियमितता, ढीलासुस्ती र लापार्वाहीका घट्नाहरु बाहिर आउदैन ।

उद्योग काठमाण्डौंमुखी बनेकोले निकै समस्या देखिएको छ । उद्योगको सोच कारखाना र श्रमिकमुखी बन्न सकेको छैन । नेपालको बजारमा गोरखाकाली रबर उद्योगबाट उत्पादित टायरको खपत हुनेभने उद्योगको अवस्था निकै सुधारिएर आउँछ । माओवादी ने तृत्वको सरकारको पालामा अर्थमन्त्री डा. बाबुराम भटराईले स्वदेशी टायरलाई प्रोत्साहन गर्न भन्दै सम्पूर्ण सरकारी सवारीमा गोरखकाली रबरको टायर प्रयोग गर्नेकुरा बजेट भाषणमा नै उठाइदिएका थिए । धेरै समयपछि, त्यो बर्ष टायर उत्पादन गर्नलाई कच्चापदार्थहरु पनि आएको र व्यापार पनि राम्रो भएको उद्योग श्रोत बताउँछ । तर यो फर्मान अनुसार सरकारी सवारीमा यहाँका टायर प्रयोग गर्न छाडिएको छ ।

उद्योग स्थापना गर्नकोलागि विभिन्न निकायहरुसँग लिइएको ऋणको ब्याजका कारण उद्योगको आर्थिक पक्ष नराम्ररी प्रभावित छ । यो ऋणको व्याज त के साँवा पनि उद्योगले तिर्न सक्दैन । उद्योग यो मिनाहा होस् भन्ने पक्षमा रहेको छ । ऋणमा चुर्लुम्म डुबेपनि सचालन खर्चभने उत्पादित टायर बेचेर धानिरहेको उद्योग श्रोत बताउँछ । त्यहाँका जिम्मेवार कुनैपनि अधिकारी नाम उद्धृत गरी केही भन्न चाहदैनन् । उद्योगको नीतिगत तहमा राणाकालीन सोच छ ।

कारखानामा कसैले केही बोलेर मिडियामा बाहिर आयो भने अनेक गरी खण्डन गर्न बाध्य पार्छन । उनीहरुको यस्तो सोचले गर्दा उद्योगले सोचेजसरी कहिल्यै गति लिएन । लक्ष्मीदासहरुमा गणतन्त्रमा पनि राजासाहे
ब सोच रहेको छ ।

यसलाई बदल्न नसके उद्योगको भविष्य छैन । करिबकरिब दुईदशक हुनलाग्दा उद्योग मृतप्राय हुनु निकै उदेकलाग्दो छ । जसरीपनि उद्योगलाई बचाउनुपर्छ । यसलाई गति दिनुपर्छ ।

उता साल्ट टे«निङ लिमिटेडले पनि उद्योगलाई चुुुसेको छ । यसले गर्दा माथि उठ्न पाएको छैन । उद्योगलाई बचाउन साल्ट टे«ड्रिङको छायाँबाट मुक्त पार्नुपर्ने उद्योग विज्ञहरुले बताएका छन् ।तत्कालीन अवस्थामा तराईका त्यत्रो समथरलाई छाडेर पहाडी क्षेत्रमा ल्याएर उद्योग स्थापनाहनु निकै नै सकारात्क पक्ष हो ।

यसलाई उद्योग संचालकले कहिलेपनि बुझ्ने कोशिस गरेनन् ।उनीहरुको गैरसोचका कारण उद्योग अस्ताउने पारामा गएको छ । स्थानीय मानिसहरुले सीपअनुसार जागीर पाएका छैनन् । भलै, मजदुरफाँटमा अलिबढीले रोजगार पाएका छन् । उद्योग बन्द हुन जादा उनीहरुको रोजीरोटी खोसिन जान्छ ।

कर्मचारीलाई काममा व्यस्त बनाउन उद्योगले पहल गर्नुपर्छ । जतिबढी काम भयो उतिनै कुनैपनि उद्योगको आम्दानी बढ्न जान्छ । कच्चा पदार्थका कारण उद्योगले टायर उत्पादन गर्न सक्दैन । कच्चापदार्थको आपूर्तिमा सहजता ल्याउनुपर्छ । प्रायजसो तेश्रोमुलुकबाट कच्चा पदार्थहरु आयातित गर्दा समयमा कच्चापदार्थहरु आउन सकेको छैन । यसमा संचालकहरुको ध्यान जान सकेको छैन । असक्षमहरुको अखडा
बनेको छ उद्योग । एकमहिना अघि जिएमले असक्षमताका कारण राजिनामा दिई अहिले त्यहीका कर्मचारीले कामु चलाएका छन् । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae