Sahara Sansar

Wednesday, April 27, 2011

प्रलेसको कार्यक्रमको तयारी पुरा

वैशाख १४ दाङ। प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले भोली गर्न थालकोे विचार गोष्ठिको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रलेस दाङका अध्यक्ष रामप्रसाद जैसी र सचिव शरद अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनुभएको हो ।

प्रलेसले आयोजना गरेको गोष्ठिमा प्रलेसका पूर्व महासचिव अमर गिरीले नेपाली साहित्यमा प्रगतिवाद र प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्माले दाङको प्रगतिशील साहित्य र चुनौति विषययमा आधार पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुत कार्यपत्र मध्य गिरीको कार्यपत्रमाथि नेपालगञ्ज वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. गोपाल अधिकारी र टीकाराम उदासीले टिप्पणी गर्नुहुने भएको छ । त्यसैगरी शर्माले प्रस्तुत गर्नुहुने कार्यपत्रमाथि साहित्यकारहरु शरद देवकोटा, प्रमोद धिताल र समिक्षक सुशिल गौतमले टिप्पणि गर्नुहुने भएको छ । भोलि विहान ११ वजे नेपाल पत्रकार महासंघको सभाकक्षमा कार्यक्रम हुँदैछ ।

वैसाख महिनाको कार्यक्रम अन्तर्गत प्रलेस दाङले सोही अवसरमा पारिजात स्मृति दिवस पनि मनाउने भएको छ । प्रलेसले कार्यक्रममा उपश्थितीका लागि सम्र्पू साहित्यकारहरु, पत्रकार, विद्यार्थि, कानुन व्यवसायी लगायत सवैलाई आग्रह गर्नुभएको छ ।

यसैवीच जन साहित्यिक मञ्च दाङका अध्यक्ष भुवन देवकोटाले प्रलेसले आयोजना गरेको विचार गोष्ठिमा उपश्थितीका लागि मञ्चमा आवद्ध लगायत सवै साहित्यकारहरुसंग आग्रह गर्नुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae