बैशाख १६ काठमाडौं । देशको समग्र विकासको लागि राष्ट्रियता र प्रजातन्त्रको पक्षमा नेपालीले आफ्नो जीवन उत्सर्ग गर्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताउनुभएको छ । शान्त्ति र प्रजातन्त्रका लागि नयाँ चुनाव राप्रपा नेपालको वृहत आमसभामा उहाँले यस्तो बताउनुभएको हो ।
अपराध र अपराधीलाई अहिलेको सरकारले संरक्षण दिइरहेकाले मुलुकमा हिसांको राजनीति सुर भएको उहाँले आरोप लगाउनुभयो । ६२/६३ सालको जनआन्दोलनले राजसस्थालाई समाप्त पारेको भएपनि त्यो राजाको सहमतिमा जनताको चाहाँना अनुसार भएको दाबी गर्नुभयो ।
अहिले मुलुकमा नायाँ नयाँ उद्योग खुल्नुपर्ने भएपनि बन्द हर्तालले उद्योग व्यवसाय धारासायी बन्दै गएकोले विदेशी संस्थाहरुले पनि लगानिका लागि सहयोग नगरेको उल्लेख गर्नुभयो ।
0 comments:
Post a Comment