Sahara Sansar

Wednesday, April 27, 2011

पारसले कसुर गरेको ठहर, पहिलो पटकलाई माफी

बैशाख १४ चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले पुर्व युवराज पारस शाहले सार्वजनिक स्थानमा होहल्ला गरेको कसुर ठहर गर्दै आगामी दिनमा यस्तो नगर्न फैसला सुनाएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको टाईगर टप्स होटलमा भएको गोली काण्डबारे चलिरहेको मुद्दाको बुधवार  छिनोफानो गर्दै प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको एकल इजलासले यस्तो फैसला सुनाएको हो ।

कागज गराउने बयानका बेला पुर्व युवराज पारसले बंगलादेशी नागरिक रुवेल चौधरीसंग भनाभन भएको स्वीकार गरेकोले सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अनुसार पहिलो पटकलाई कागज गरेर छाड्ने आदेश भएको जनाईएको छ ।

गोलीकाण्डका पीडित भनिएका बंगलादेशी नागरिक रुवेल चौधरी र पूर्वयुवराज पारस शाहसँग गत चैत्र ८ गते लिईएको बयानका आधारमा शाहका तर्फबाट वकिलहरु गणेश केसी, हिरा रेग्मी, बद्री गौतम र चुडामणी सापकोटाले बहस गर्नुभएको थियो ।

गत मंसिर २५ गते टाईगर टप्स होटलमा रुबेललाई गोली हानेको आरोपमा मेघौली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गंगा क्षेत्रीले पूर्वयुवराज शाह विरुद्ध सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae