Sahara Sansar

Friday, April 22, 2011

शान्तिप्रकि्रयालाई यथासक्य चाँडो टुङ्ग्याउन आपसी असमझदारी अन्त्य हुनुपर्ने :एसएम कृष्णा

वैशाख ९ काठमाडौ । भारतका विदेशमन्त्री एसएम कृष्णाले शान्तिप्रकि्रयालाई यथासक्य चाँडो टुङ्ग्याउन विद्यमान राजनीतिक असमझदारी अन्त्य गर्दै दलहरु अघि बढ्न अपरिहार्य भएको बताउनु भएको छ ।

नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि आज अपराह्न राजधानिमा आयोजित संवाददाता सम्मेलनमा उहाँले राजनीतिक नेतृत्वसँगको भेटवार्तामा आफूले शान्ति र संविधानका निम्ति दलीय सहमतिमा जोड दिएको बताउनुभयो ।

प्रजातन्त्रको सुदृढीकरणका साथै विकास निर्माणका कार्यमा सघाउन भारत प्रतिबद्ध रहेको उल्लेख गदैै्र मन्त्री कृष्णाले भन्नुभयो - ुशान्तिप्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउने कार्यमा सक्दो सहयोग गर्न भारत तत्पर छ ।ु

स्थिर शान्त र समृद्ध नेपालको पक्षमा आफ्नो मुलुक रहेको स्पष्ट गर्दै उहाँले नेपालका प्रजातान्त्रिक संस्था तथा समावेशी प्रजातान्त्रिक प्रकि्रयालाई सघाउन तयार रहेको दोहोर् याउनुभयो ।

भारतीय पक्ष नेपालमा लगानी बढाउन इच्छुक रहेको तर त्यसो गर्ने वातावरण नरहेकाले आफ्नो मुलुकका उद्यमी तथा व्यवसायी हतोत्साही भएको उल्लेख गर्दै उहाँले सकेसम्म शीघ्र विश्वासको वातावरण बनाउन नेतृत्व पङ्क्तिसँग आफूले आग्रह गरेको जानकारी दिनुभयो ।

नेपालमा साचालित संयुक्त लगानीका औद्योगिक प्रतिष्ठान सुरक्षालगायत समस्याबाट पीडित भएका तथा युनाइटेड टेलिकमसम्बन्धी विषयबारे नेपाल सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उहाँले उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले समस्याको समाधान चाँडो खोजिने दृढता व्यक्त गरेको बताउनुभयो ।

आतङ्कवाद भारत र नेपालका साझा खतरा भएकाले त्यससम्बन्धमा भारतको सुरक्षा चासोका साथै तेस्रो मुलुक भएर नेपालमा हुने भारतीय जालीनोटको तस्करी नियन्त्रणका निम्ति खनाल सरकारको ध्यानकर्षण गराएको जानकारी उहाँले दिनुभयो ।

ुहाम्रा राजदूतमाथि भएको आक्रमणका साथै भारतीय कूटनीतिकहरुको सुरक्षाको विषयबारे पनि मैले नेपाल सरकारका वरिष्ठ अधिकारीहरुसँग विचारविमर्श गरंेु अतिथि सत्कार तथा मैत्रीपूर्ण व्यवहारका लागि कहलिएको मुलुकमा कूटनीतिक मर्यादा बाहिर गएर भएका गतिविधिप्रति लक्ष्य गर्दै विदेशमन्त्री कृष्णाले भन्नुभयो ।

प्रधानमन्त्री झलनाथ खनालले कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने तथा भारतीय लगानीका औद्योगिक प्रतिष्ठानहरुमा सुरक्षाको पूर्ण प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी उहाँले दिनुभयो ।

तीनदिने बसाइका क्रममा विदेशमन्त्री कृष्णाले राष्ट्रपति डा रामवरण यादव प्रधानमन्त्री झलनाथ खनाल नेपाली काँग्रेसका सभापति सुशील कोइराला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा मधेसी पार्टीका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेटेर द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा परामर्श गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae