Sahara Sansar

Saturday, April 23, 2011

मतदाता नामावली संकलनको प्रचार प्रसारका लागि पन्चेबाजा

यम चौलागाई
 बैशाख १० सिन्धुली। सिन्धुलीको जरायोटार ५ का स्थानिय बासिन्दाहरुले आजदेखि शुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यको प्रचारप्रसार स्वरुप पन्चेवाजा सहितको ¥याली वडा परिक्रमा गरेका छन् । स्थानिय वासीलाई गाऊ घरमा आएका मतदाता नामावली संकलकहरुलाई सहि जानकारी उपलव्ध गराउन तथा तोकिएको केन्द्रमा गई फोटो खिचाउनका लागि शन्देश स्वरुप पञ्चेबाजा सहित ¥याली परिक्रमा गरिएको हो । 

स्थानिय शिक्षक नन्दराज अधिकारीको नेतृत्वमा स्थानिय राजनितिक दलका प्रतिनिधी बुद्धीजीवि, समाजसेवी लगायतको गरी करिव ६० जनाको सहभागिता रहेको ¥याली लुगु नायाँटोल हुदै सान्ने निमावी सम्म पुगेको थियो । जरायोटारमा आजदेखि शुरु भएको फोटो सहितको मतदाता नामावीली संकलन गर्ने कार्यमा १५ गते सम्म घर घरमा गई नामावली संकलन गर्ने र १५,१६ र १७ गते फोटो खिच्ने कार्यक्रम रहेको जरायोटार बाट हाम्रा सहकर्मी श्याम अधिकारीले जानकारी दिनु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae