Sahara Sansar

Thursday, April 28, 2011

लोकतान्त्रिक मधेसी संगठनको राष्ट्रिय भेला जनकपुरमा

बैशाख १५ जनकपुर।  नेकपा एमालेसँग सम्वद्ध लोकतान्त्रिक मधेशी संगठनको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट जनकपुरमा सुरु भएको छ । “सम्प्रदायिक सद्भाव आत्मस्वाभिमान, समानुपातिक प्रतिनिधित्वका लागि नयाँ नेपाल” भन्ने मुल नाराका साथ जनकपुर चुरोट कारखानाको खेल मैदानमा ३ दिनसम्म चल्ने महाधिवेसनको प्रधानमन्त्री तथा एमालेको केन्द्रिय अध्यक्ष झलनाथ खनालले  बिहीवार दिउँसो उदघाटन गर्नभएको छ । 

कार्यक्रममा एमाले वरिष्ठ नेता केपी शर्मा ओली, लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष तथा सिंचाइ मन्त्री रघुवीर महासेठ, एमालेको वैकल्पिक केन्द्रिय सदस्य तथा स्थानीय विकास राज्य मन्त्री शत्रुधन महतो लगायतकाको सहभागिता रहेको थियो । अधिवेशनमा २२ जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । 

यसैबीच प्रधानमन्त्रीको आगमनलाई लिएर जनतान्त्रिक तराई मुक्ति मोर्चा नेतृत्वको राजन मुक्ति समूहले  बिहीवार तराई बन्दको घोषणा गरेका छन् । बन्दका कारण जनकपुरबाट चल्ने छोटो तथा लामो दुरीका यातायातका साधनहरु प्रभावित भएका छन् ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae