Sahara Sansar

Friday, April 22, 2011

दुर्घट्नामा दुईको मृत्यु, तीन घाईते

यम चौलागाई
 बैशाख ९ सिन्धुली। सिन्धुलीको भिमस्थान गाविसस्थित झार्लाङ्टारमा ट्रयाक्टर दुर्घट्ना हुदा दुई जनाको ज्यान गएको छ । अन्य तीन जना गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विहान साढे ११ बजे भएको उक्त दुर्घट्नामा ट्रयाक्टरका चालक कमलामाई नगरपालिका–१४ निवासी १८ बर्षिय सुवास मगरको घट्नास्थलमा नै मृत्यु भएको हो । अर्का भिमस्थान गाविसकै बासिन्दा प्रेम स्याङ्तानको उपचारको क्रममा दिउसो २ बजे बर्दिबासमा मृत्यु भएको थियो । सदरमुकामबाट बाँस लिन गएको ज १ त ४१७५ नम्बरको ट्रयाक्टर सडकबाट पाँच मिटर तल खसेर दुर्घट्ना भएको थियो । दुर्घट्नाका घाईतेहरु जिवन स्याङ्तान्, मिलन स्याङ्तान् र जितबहादुर सिंजालीको बर्दिबास अस्पतालमा उपचार भई रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae