बैशाख १५ कैलाली। थारु समूदायको ऐतिहासिक एवं पौराणिक नाच ‘बर्कानाच’ संरक्षणका लागि कञ्चनपुरको कृष्णपुर गाविसको बलुहाफाँटामा बिहीवारदेखि प्रदर्शन सुरु गरि एको छ । बर्कानाच थारु समुदायको सबैभन्दा ठूलो एवं पौराणिक नाच हो । यसमा देव देउता, गुरुवाहरुले आ–आफ्नो कला देखाउने गर्दछन् ।
यो नाचमा लगभग एक सयभन्दा बढिको सहभागिता हुने गर्दछ । महाभारतको कथामा आधारित विषयवस्तुलाई समेटेर नाचगान गरिने परम्परा रहेको छ । बर्का नाच प्रदर्शन गरेको गाउँमा उत्पादन बढी हुने, रोग नलाग्ने तथा अनिष्ट नहुने थारु समूदायमा मान्यता रहेको छ । बालमुक्ति युवा क्लबको आयोजनामा बर्कानाचको प्रदर्शन गरिएको हो ।
तीन दिनसम्म प्रदर्शन हुने बर्कानाच हेर्न हजारौंको सङ्ख्यामा स्थानीय बासिन्दा उपस्थित भएका छन् । बर्कानाचको प्रदर्शनीको सभासद् देवीलाल चौधरीले उद्घाटन गर्नुभएको छ ।
0 comments:
Post a Comment