Sahara Sansar

Friday, April 22, 2011

माओवादी लडाकूको कुटाइबाट प्रहरी र स्थानीय घाइते

वैशाख ९ सुर्खेत । सुर्खेतको महेलकुना गाविस-१ को मेहलकुना बजारमा माओवादी लडाकूले आज दिउँसो स्थानीय बासिन्दा र प्रहरीलाई कुटपिट गरेका छन् ।

कुटाइबाट चारजना प्रहरीसहित एकदर्जन सर्वसाधरण घाइते भएका छन् । घाइते हुनेमा खेल आयोजक सिर्जनशील युवा क्लबका अध्यक्ष हस्तबहादुर पुन र फुटवल खेलाडी यादव खत्रीसहितका रहनुभएको छ ।

स्थानीयवासीका अनुसार दिउँसो करिब ३ः३० बजे माओवादी सेनाको छैटौँ डिभिजनमा कार्यरत एक लडाकूसँग स्थानीय एक युवाको झगडा भएको थियो । झगडापछि नजिकैको प्रहरी चौकीबाट झगडा मिलाउन गएको प्रहरी र स्थानीयलाई शिविरबाट आएका लडाकूले लठ्ठीले कुटपिट गरेका थिए ।

माओवादी लडाकूले जथाभावी रुपमा आक्रमण गर्न थालेपछि मेहलकुनाबजार केही समय तनाबग्रस्त भएको थियो । विवाद मिलाउन गएको प्रहरीलाई कपडा खोलेर बेस्सरी कुटेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

यसैबीच लडाकूहरुले घटनास्थलमा समाचार संकलन गर्न गएका राजधानी दैनिकका सुर्खेत जिल्ला संवाददाता रमेश शाहीमाथि दुव्र्यवहार गर्दै उहाँको क्यामेरा खोसेका छन् । पत्रकारको परिचयपत्र देखाउँदादेखाउँदै क्यामेरा खोसेर लगेका घटनास्थलबाट शाहीले बताउनुभयो ।

अहिले घटनास्थलको स्थिति तनावग्रसत छ । सुर्खेतका प्रहरीप्रमुख एसपी राजु मानन्धरसहितको टोली घटनास्थल पुगेको छ ।

घटनाबारे वास्तविकता बुझ्ने काम भइरहेको छ मानन्धरले बताउनुभयो । यता माओवादी लडाकूहरुले भने आफ्ना कमाण्डरमाथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको दाबी गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae