Sahara Sansar

Thursday, April 28, 2011

भारतबाट असहयोग भएको महसुस गरें : प्रचण्ड


वैशाख १५ काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीसँगै माओवादी र भारतको सम्बन्ध प्रगाढ भएपनि पछिल्लो समयमा भारतबाट सोंचेअनुसार सहयोग नभएको बताउनुभएको छ ।


भारतीय दैनिक पत्रिका द हिन्दुलाई दिनुभएको अन्र्तवार्तामा प्रचण्डले माओवादी नेतृत्वमा सरकार बनेपछि आफुले जनताको चाहनाअनुसार केही महत्वपूर्ण एजेण्डा उठाएपनि भारतीय पक्षबाट सहयोग नपाएको बताउनुभयो । ‘जव मैले यी काम गर्ने प्रयास गरें तब मलाई भारतले मलाई सहयोग नगरेको महसुस गरें जुन कुरा कटवाल काण्डमा आएर स्पष्ट भयो ।’ प्रचण्डको भनाई छ- त्यसैले १२ बुँदे समझदारी गर्दा हामीवीच जुनखालको न्यानो सम्बन्ध थियो पछि त्यो चिसिंदै गयो ।’



माओवादी र भारतवीचको सम्बन्ध सुधार हुनुपर्ने पक्षमा आफुहरु रहेपनि सम्बन्ध सुधार गर्ने मुख्य जिम्मेवारी भारतको भएको प्रचण्डको भनाई छ । सवैभन्दा ठूलो र परिवर्तनको वाहक शक्ति माओवादीलाई भारतले असहयोग गरेको प्रचण्डको भनाई छ । भारतीय बिदेशमन्त्री र बिदेशसचिवको हालैका भ्रमणका क्रममा असहमतिबारे खुलेर कुरा भएको प्रचण्डले बताउनुभयो ।



सेना समायोजनका लागि नेपाली सेनाले गरेको मिश्रित फोर्सको प्रस्ताव सकरात्मक भएको भन्दै प्रचण्डले मिश्रित फोर्स स्थापनको सहमति नजिक पुगिसकिएको बताउनुभयो । आफ्नो पार्टीको चाहना लडाकुको छुट्टै फोर्स भएपनि तत्काल त्यो सम्भव नभएकाले मिश्रित फोर्स स्थापनाका लागि माओवादी सहमत रहेको उहाँले बताउनुभयो । दलहरुवीच यसबारे सहमति भएपछि समायोजनमा जाने र नजाने लडाकुवीच रिग्रुपिङ सुरु हुने प्रचण्डको भनाई छ ।



सेना समायोजन र संबिधान निर्माण अन्तरसम्बन्धीत रहकोले एकीकृत मस्यौदा बनाउने र सेना समायोजनको मोडालिटी तय गर्ने काम संगसंगै गर्नुपर्ने माओवादी धारणा रहेको उहाँको भनाई छ । तर सेना समायोजन सकिएपछि मात्र संबिधान जारी गर्ने बिषयमा माओवादी सहमत रहेको प्रचण्डले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae