Sahara Sansar

Thursday, April 21, 2011

हत्या आरोपी जेल चलान एक रिहा

वैशाख ९ धादिङ । दार्खा गाविस वडा नं। १ निवासी एमाले नेता शिव थापामगरको हत्या आरोपमा पक्राउ परेका तीनजनामध्ये दुईजनालाई जिल्ला अदातलतले बिहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

एक जनालाई भने साधारण तारेखमा रिहा गरिएको छ । जिल्ला अदालतका श्रेस्तेदार लोकबहादुर हमालको इजलासले सो फैसला गरेको हो ।

पीडित पक्षको किटानी जाहेरीका आधारमा दार्खा गाविस वडा नं ६ निवासी २० वर्षीय राजेन्द्र विक र सोही गाविस वडा नं ८ निवासी १८ वर्षीय चन्द्रबहादुर तामाङले अभियोग स्वीकार गरेको भन्ने प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर कारबाही गर्ने फैसला भएको छ ।

मतियारका रुपमा रहेका भनिएका दार्खा गाविस वडा नं ८ निवासी २८ वर्षीय विजयबहादुर तामाङलाई साधारण तारेखमा रिहा गरिएको छ ।

विकलाई प्रहरीले गत चैत ९ गते मलेखुबाट र तामाङद्वयलाई दार्खाबाट चैत १० गते गिरफ्तार गरेको थियो ।

पीडित पक्षले हत्या आरोपमा जाहेरी दिएकामध्ये सातजना अझै फरार रहेकाले जिल्ला अदालतले वारेन्टपुर्जी र म्यादी पुर्जी जारी गर्ने जनाएको छ ।

अदालतले एकजनालाई छाडेको घटनाका सम्बन्धमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गुरुप्रसाद बुर्लाकोटीले हत्यामा संलग्न कसैलाई पनि छाड्न नहुने प्रतिकि्रया दिनुभएको छ ।

प्रहरीले विजयबहादुर तामाङ हत्याका योजनाकार रहेकाले थुनामै राखेर कारबाही गर्नुपर्ने भन्दै सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
त्रिचालिस वर्षीय थापामगरलाई गत कात्तिक १ गते साँझ ५ः३० बजेतिर राउते नजिकै जङ्गलमा अपहरण गरी हत्या गरिएको थियो ।

यसैबीस सल्यानकोट गाविस वडा नम्बर १ तत्लोकास्टेकी ५६ वर्षीया एकमाया अधिकारीलाई केही शिक्षक र स्थानीय बासिन्दाले बोक्सी र पसलमा चोर्न आएको आरोप लगाउँदै कुटपिट गरेका छन् ।

स्थानीय केहरिसं खड्का अमृत खड्का सुनपोखरी माविका शिक्षक भीमसेन अधिकारीलगायतले केही दिनअघि कुटपिट गर्दै बोक्सीको आरोपमा आफूलाई रातभर बाँधेर राखेको पीडितले बताएकी छिन् ।

घटनामा दोषी देखिएकालाई अनुसन्धान गरी कारबाही गर्न फोकस शान्ति केन्द्र र इन्सेकले प्रेस विज्ञप्ति जारी गरी माग गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae