Sahara Sansar

Saturday, April 23, 2011

शान्ति प्रक्रिया निष्कर्ष नपुगे माओवादी समाप्त हुने सुजाताको चेतावनी


वैशाख १० काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले शान्ति प्रक्रिया निष्कर्ष नपुगे माओवादीको राजनीति समाप्त हुने चेतावनी दिनु भएको छ ।शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कोइरालाले भन्नुभयो-शान्ति प्रक्रिया निष्कर्षमा पुगे माओवादी नेतृत्व अन्तर्राष्ट्रिय रुपमै हिरो हुन्छ, नभएको उनीहरुको राजनीति समाप्त हुन्छ ।’वर्तमान सरकार असफल भइसकेको भन्दै उहाँले झलनाथ खनाल नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने दावी गर्नुभयो ।
उहाँले अब कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर शान्ति र संविधानको अभिभारालाई पुरा गर्नु पर्ने समेत बताउनुभयो ।उहाँले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणपछि माओवादी नेतृत्व लचिलो बन्ने विश्वास पनि ब्यक्त गर्नुभयो । अर्को एक प्रसंगमा कोइरालाले पदाधिकारी मनोनयन सम्बन्धी प्रस्ताव परित भए पनि पार्टीको आन्तरिक विवाद समाप्त भएको दावी गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae