Sahara Sansar

Friday, April 22, 2011

प्रचण्डुको प्रतिबेदन माथि वैद्य असहमत

काठमाडौँ ९ वैशाख । एकीकृत नेकपा माओवादी का उपाध्यक्ष मोहन वैद्यले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आपुनो छुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाबारे उल्लिखित राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै उहाँले फरक प्रस्ताव पेस गर्नुभएको हो ।

उपाध्यक्ष वैद्यले अध्यक्षको प्रस्तावले गत मङ्सरमा गोरखा जिल्लाको पालुङ्टारमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले पारित गरेको जनविद्रोहको कार्यदिशा र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई समेट्न नसकेको कारण देखाई फरक मत राख्नुभएको हो ।

देशी÷विदेशी जनविरोधी शक्तिहरुले अहिलेकै अवस्थाबाट शान्ति-स्थापना र संविधान लेखन कार्यलाई पूर्णतामा पुर् याउन नदिने भएकाले विस्तारित बैठकको भावनाअनुसार जनविद्रोहकै कार्यदिशा पारित गरेर जानुपर्ने उहाँको तर्क छ ।
अर्का उपाध्यक्ष डा।बाबुराम भट्टराईपक्षका केन्द्रीय सदस्यहरुले भने अध्यक्षको प्रस्तावमाथि सहमति जनाउने बुझिएको छ ।

बैठक भोलि शनिबार बिहान ११ गतेदेखि पुनः सुरु हुने पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यहरुले भोलिदेखि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यको प्रस्तावमाथि आ-आपुनो मत राख्ने बताइएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae