Sahara Sansar

Friday, April 29, 2011

भारतको इसारामा तराईमा आपराधिक संगठनहरु सक्रिय रहेको नेकपा माले राष्ट्रवादी मोर्चाका अध्यक्षको आरोप

बैशाख १६ गुल्मी।   भारतको इसारामा तराईमा आपराधिक संगठनहरु सक्रिय रहेको नेकपा माले राष्ट्रवादी मोर्चाका अध्यक्ष मिनानाथ देवकोटाले आरोप लगाउनुभएको छ । राष्ट्रव्यापी अभियानका क्रममा गुल्मी पुग्नुभएका नेता देवकोटाले सदरमुकाम तम्घासमा कोणसभा गर्दै वैदेशिक हस्ताक्षेप विरुद्ध नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालका राजनीतिक दलहरु सरकार फाल्ने र बनाउने खेलमा मात्रै लाग्दा राष्ट्रियता धरापमा परेको धारणा राख्नुभयो । दलहरु सत्ता केन्द्रित राजनीतिमा लागेकै कारण ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको भावना विपरीत देश अनिर्णयको बन्दी बनिरहेको उहाँको तर्क थियो । 

समयमै संविधान निर्माणलगायतका विषयमा राष्ट्रव्यापी जन दवाव अभियानका क्रममा अन्य २० जिल्ला हुदै उहाँ आज गुल्मी आउनुभएको हो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae