राजेन्द्र न्यौपाने
बैशाख ६ गोरखा।जिल्लाको नव जागृति चण्डी उच्च माध्यमिक विद्यालय अश्राङ गोरखालाई सोही गाउँ विकास समिति निवासी हाल दुबइमा कार्यरत बद्री पाण्डेले पाँच लाख नगद सहयोग गर्नुभएको छ ।
विद्यालयलाई भवन निर्माणका लागि सो रकम उपलब्ध गराईको उहाँले बताउनुभयो । नेपालबाट दुबइमा गएर काम गर्ने नेपालीहरु मध्ये सबै भन्दा ठूलो व्यापार व्यवसाय पाण्डेको रहेको बताइएको छ । कामको शिलशिलामा दुवई पुगेका पाण्डेलाई घर मालिकले छोरासरह राखेर सबै सम्पति हस्तान्तरण गरेका थिए ।
पाण्डेलाई गाउँलेहरुले पञ्चैबाजा सहित स्वागत गरेका थिए । विद्यालयमा आयोजित कार्यक्रममा पाण्डेले विद्यालयको लागि अझ धेरै सहयोग गर्न आफु तयार रहेको बताउनुभएको थियो । उक्त विद्यालय पश्चिमाञ्चल विकास क्षेत्रमा तीन पटक सम्म प्रथम भएको थियो ।
0 comments:
Post a Comment