Sahara Sansar

Tuesday, April 19, 2011

अखिल नेपाल शिक्षक संगठन इलाका नं. ८ गोरखा: हिजो र आज

छाया देवी रेग्मी
 गोरखा जिल्ला इलाका नं ८ मा रहेर विगत १५ वर्ष यता त्यहाँको शैक्षिक क्षेत्र संग म धेरै भिजेको छु । इलाका नं–८ अन्र्तगतका ५ गा.वि.स. हरु हंसपुर खरीबोट मुच्चोक, सीम्जुङ्ग र ध्याच्चोक का शिक्षक साथीहरुले विगतमा खप्नु भएका अन्याय अत्याचार र पीडाहरु, वर्तमानका केही उपलब्धीहरु चुनौतीहरु र कर्तव्यहरुलाई थोरै कोट्याउने प्रयास गरेको छु । यद्यपी यसले सबै सबैलाई समेट्न ासकेता पनि नलेख्नु भन्दा थोरू भएपनि लेख्नु नै न्यायीक हुनेछ । इतिहासलाई नियल्दा इलाका नं. ८ को शिक्षक संगठनले थुप्रै कठिन घुम्ती र मोडहरु पार गर्दै आजको परिवेशमा आइपुगेको छ ।

जमानमा गणित÷विज्ञानमा स्नातक पास भवनाथ अधिकारी गाईखुर,नारेश्वरर विचौर हुदै चितवन पुग्नु भयो । बुद्धिराज गुरुङ्ग, गंगा बहादुर भुजेल, कृष्ण अधिकारी छेकमपार पुग्नु भयो । हिमाल मा.वि. बारपाक बाट माधव अधिकारी पूर्ण प्रसाद दवाडी आदि सरहरु टाउको फुटाएर विस्थापीत हुनु भयो । हिमाल मा.वि. सिम्जुङ्ग का शिक्षक झन बहादुर दवाडी र जन ज्योति मा.वि.का प्र.अ. विश्व नाथ अधिकारी लगायतका दर्जनौ शिक्षक कित्रहरु राजनैतिक मुद्धाका कारण शिक्षक संघको षड्यन्त्रमा परेर इलाका छोडेर हिड्न विवश हुनु भएको छ । हामनाथ सर , उदय सर लगायत धेरै शिक्षक साथीहरु अहिले पनि ५–६ घण्टाको बाटो हिड्न विवश हुनुहुन्छ भने कति सरहरु २–३ दिनको बाटो हिडेर पेशामा कार्यरत हुनुहुन्छ । रमा अधिकारी, कृष्ण अधिकारी (डिही गाउ) ,विष्णु हरि अधिकारी गिरीधरी सापकोटा आदि शिक्षकहरुले जागिर बाट हात धुनु भयो । यी र यस्ता धेरै घटनाको मुल कारण उहाँहरु शिक्षक संगठनका अर्थात कम्यूनष्ट शिक्षक हुनु र प्रतिकृयावदी संग नझुक्नु हो । साँच्चै इलाका नं८ लाई नियालेर हेर्दा यहाँको शैक्षिक जगत फटाहरुको इसारामा चल्नेहरु टाढाकानजिक आउथे अस्थायीले अस्थायीलाई विस्थापीत गर्थे । पहुँच पुग्ने अर्थात चाकडी गर्नेले सजिलै शिक्षक बन्थ्यो अनि हाम्रो धेरै योग्य र सक्षम शिक्षकहरु माथि भनिएका शैलिमा पिडित हुनुहुन्थ्यो । २०३५÷०३६ साल तिर ज्ञान ज्योति मा.वि. मा महान शहिद क. सुरेश वाग्ले, टुक नाथ अधिकारी तुलसी खनाल , विन्देश्री यादव ऋषि अधिकारी आदि सरहरु कार्यरत हुनुहुन्थ्यो । दिउँसो विद्यालयको शिक्षणलाई अनुशाषीत ढंगले अगाडी बढाउदै र विहान, बेलुका स्थानिय जनताहरुलाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउदै गरिव र निमुखाको राज्य ल्याउने माक्र्सवादी शिक्षाले प्रशिक्षीत र संगठीत गर्दै लग्नुभयो । शिक्षक संगठनको विजारोपण यसरी भयो
यो क्षेत्रमा । श्रीनाथ अधिकारी द्धीहीगराको शिक्षक हुनु भयो ।

पंचायतका भरौटेहरुको नजरमा कम्यूनिष्ट शिक्षकहरु मर्सीगर बने । अनेक बाहना बनाएर यी संगठित शिक्षकहरुलाई पंचका भरौटे विजय अधिकारी लगायत बाट षड्यन्त्रमुलक ष्ढंगले तितरवितर बनाइयो । विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पिडा र यातना दिइयो। कांग्रेसको भर्तीकेन्द्र बनेर विरोधी ( अखिल) विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २–३ वर्ष नियोजित ढंगले फेल गरिदिने गुण्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै पिडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडी बढाए । धेरै प्रतिकार गरेमा आफ्नो भविष्य खत्तम हुने डरले धेरै विद्यार्थीहरु मुटु माथी ढुङ्गा राखेर आफ्नो भविष्यलाई डो¥याए । कतिले रेष्टीकेट कुटपीट, चोरी मुद्धा २–३ वर्ष फेल जस्ता सजाय पाए भने कतिपय विद्यार्थीहरु त्यो अत्याचार सहन नसकेर त्यो विद्यालय छोडेर अन्यन्त्र विद्यालय गए । कतिपय कुटो कोदालोमा रहन बाध्य भए कलम छोडेर जस्का प्रत्यक्ष उदाहरणहरु हुन् – डालनाथ अधिकारी (लप्सीबोट) , निता नन्द धिताल (खरिबोट) राम प्रसाद अधिकारी (काफलडाँडा) सदखिर सोम नाथ अधिकारी (बुधसिं) आदि आदि । यहाँ सबै नाम र परिघटना उल्लेख गरेर साध्य पनि छैन । विद्यार्थीहरु माथि त यस्ता निच र घीनलाग्दा खेलहरु भएभने स्रगठनका शिक्षकहरुका हालत सबै खराब थियो।

२०४६ पछि शिक्षक संघको नाममा इलाका नं. ८ मा कांग्रेसको दादागिरी झन उग्र हुदै गयो । त्यहा संघका ३ किसिमका शिक्षक बने। पहिलो थरी पुरै गुण्डा गर्दी र दादागीरीमा लाग्यो । विशेष गरि सिम्जुङ्ग र हंसपुरमा यजिनावइ रुपले फकाउने धम्काउने जागिरै खाइदिने, सरुवा गरिदिने पुलिसकेस लगाउने आदि गरे । दाश्रो थरी
गुण्डागर्दीमा त्यती देखिएनन् भने तेस्रो थरी आत्मामा अखिल (संगठन) भएता पनि कागजमा संघ बनेर पिडा र अन्याय बाट जोगिने प्रयास गरे ।

यस्ता परिवंशका बावजुध पनि हाम्रा प्रतिपक्ष शिक्षक अंग्रजहरुले संगठनलाई (कछुवा गतिमा) अगाडी बढाएरै आउनु भयो । खरीबोटका इन्द्र धिताल तोयनाथ धिताल आदि, हंसपुरका बुद्धिबल वि.क. छविलाल अधिकारी , हामनाथ अधिकारी बाबुराम अधिकारी, उदय नन्द घिमिरे गंगा बहादुर भुजेल आदि मुच्चोकका नेत्र देवकोटा लगयतका सरहरुले कठिन प्रयासका साथ संगठनलाई अगाडी बढाउनु भयो । शिक्षक संघको नेतृत्वमा भएको गुण्डागर्दीको शिकार आदरणीय अग्रज हामनाथ सरको टाउको फुट्यो । घरको भैसी समेत गुण्डागर्दीको सिकार बन्यो । दारिमकोट काण्ड बुधसिंको काण्ड  जस्ता जघन्य अपराधहरु शिक्षक संघको नेतृत्वमा भए जस्का प्रमाणहरु हामी संग प्रशस्त छन् । जनयुद्धको थालनी सगै शिक्षकहरुका पिडाहरु संकटहरु झन जटिल हुदै गए । हिरासत तारेख चुटाई पिटाई जस्ता अमानविय याताना खाँदै गयौं । सोही क्रममा भच्चेक ब्यारेकले शिक्षक बुद्धिबल वि.क. लाई बेपत्ता बनायो भने छविलाल अधिकारीलाई हिरासतमा लामो समय चरम यातना दिएर अर्धमृत र अर्धचेतना शिक्षक मुक्ति बहादुर वि.क. बैरीको पन्जालाई लत्याएर पार्टीको गतिम अगाडी बढ्नु भयो । घरमा बसेर जागिर खाएर सामान्य जिवनमा आफ्ना अवस्थालाई बचाएर राख्न चाहने शिक्षकहरु खाना खुवाएको र चन्दा दिएको नाममा ज्यादै प्रतावित हुनुभयो । हिरासत जेल तारेख, झुट्टा मुद्धा आदि खपेर अत्यन्तै कष्टकर जीवनव्यतीत गर्न बाध्य भयौं म लगायत धेरै सिशक्षक साथीहरु ।

२०६२÷०६३ देखि हाल सम्म आइपुग्दा भने हाम्रो इलाकाले धेरै फड्को मार्न सफल भएको छ । सांगठानिक गतिविधिमा । २०६३ को जिल्ला सम्मेलनमा जिल्ला समिति सदस्य नेत्र देवकोटा र म इलाका नं. ८ बाट छानिए पछि राष्ट्रको परिवेश संधै हामीले संगठनलाई अगाडी बढायौं । हाम्रो प्रयास र अग्रजहरुको सुझावले नयाँ साथीहरुको गतिलाई अगषडी बढायो । इलाकामा इलाका समिति पाँचौ गा.वि.स. मा गा.वि.स. समिति र केही विद्यालय समितिहरु बने । सदस्यता वितरण कार्यले गति लियो । ०६४ को संविधान सभाको चुनावमा शिक्षक साथीहरु महिनौं हाल टाइमर हुनुभयो । शिक्षकहरुमा अखिल नेपाल शिक्षक संगठन प्रति व्यपक 

आकर्षण बढ्यो पाँचौं गा.वि.स.हरुमा ध्याच्चोक गा.वि.स. मा पुरै शिक्षकहरु अ.ने्शि.संगठन मा आवद्ध हुनुभयो । हंसपुर ज्ञान ज्योति उ.मा.वि मुच्चोकको चर्तुमाला मा.वि., सिम्जुङ्गको हिमालय मा.विहरुमा र अन्य केहि नि.मा.वि.र प्रा.वि हरुमा समेत अ.ने शि.संगठनका साथीहरुले प्र.अ. लिनु भयो । २०६५ को पाँचौ जिल्ला सम्मेलनले एक गा.वि.स. एक जिल्ला समिति सदस्यको निती लिए अनुरुप सिम्जुङ्गमा अनिता परियार , ध्याच्चोकमा दुर्गा बहादुर भुजेल , खरीबोटमा सुनिता गुरुङ्ग, मुच्चोकमा नेत्र देवकोटा र हंसपुर मा म ( छाया रेग्मी) र परसुराम चयन भयौं । यसरी जिल्ला समितिको सदस्यमा हाम्रो इलाका नं. ८ मा पचास प्रतिसत महिला सहभागी भयौं ।

यस पछि सांगाठानिक कृयाशिलता अझ तिव्र भयो । धेरै शिक्षक साथीहरु विशेषत शिक्षक संघ बाट विद्रोह गरि हाम्रो संगठनमा प्रवेश गर्नु भयो विशेष डिहीगरा (स्यातेन नि.मा.वि.) र ज्ञान ज्योति उ.मा.वि.मा विद्रोह गरि आउने शिक्षक को संख्या उल्लेख्य रह्यो । सांगठानिक र इलाका बासीको नाताले जिल्ला अध्यक्ष क. बीरु बहादुर गुरुङ्गको उपस्थितिमा इलाका भेला , प्रशिक्षण तथा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रमहरु सम्पन्न भए । यसरी सांगठनिक गतिविधि अगाडी बढ्यो।

अहिले हामी सांगठनिक रुपमा केही बलिया छौं र पनि हामी विच थुप्रै चुनौतिहरु छन् । राज्य सत्ता जनताको हातमा नआए सम्म शिक्षकका समस्यामा व्ययीक संवोधन पाउने त कुरै रहेन तापनि संभावित समस्याका समाधानहरु पुरा गर्न नसक्नु ठीक समयमा सबै सदस्यहरु नविकरण गर्न नसक्नु, लवी कोटा नियमित गर्न नसक्नु, नयाँ नियूक्तिहरु र सरुवाका सवालमा धेरै सफल भए पनि केही त्रुटि रहनु, नियमिय बैठक र प्रशिक्षण चलाउन नसक्नु जस्ता कमि कमजोरीलाई सच्चाएर जनुपर्ने हुन्छ । अन्र्तकृया र छलफल बाट शिक्षक साथीहरुका समस्याहरुलाई पहिचान गरि समाधानको बाटोमा सक्दा सम्म लाग्नु पर्ने हुन्छ । यस बाट शिक्षक साथीहरुमा उर्जा अवश्य थपीने छ ।

अन्तमा महान शहिद क. सुरेश वाग्ले लगायत का तत्कालिन आदरणीय अग्रजहरुले रोप्नु भएको शिक्षक संगठनको विरुवा आज सम्म धेरै तुसारो , असिना , हिमपात, हुरी बतास आदि सहेर अहिले एक सुन्दर वृक्षमा
विकसित भएको छ । यसलाई यो रुप सम्म ल्याउन धेरै शिक्षक साथीहरुले अमुल्उ पसिना बगाएर यसलाई मलजल गर्नु भएको छ । यो सुन्द्यर वृक्ष प्रतिकृयावादीको आँखाको तारो बनेको छ । विषालु किराहरु र चोरी सिकारीहरुले विभिन्न बाहनामा मौका हेरेर यसका पात जरा अर्थात सके वृक्ष जनै सखाप पार्ने दाउमा छन् । तसर्थ हिजोको भन्दा बढी तागतले यो वृक्षको संरक्षण र संवर्धन गर्नुपर्ने आवस्यकता छ । हामी व्यक्तिगत समस्याले सबै जेलिएका छौं र पनि हाम्रो प्यारो संगठनको उन्नती र प्रगतीमा एक कदम अगाडी बढेर लाग्नु पर्ने हुन्छ । यो हाम्रो परम कर्तव्य हो । हामीले कर्तव्य पुरा गर्न सके मात्र संगठन बलियो हुन्छ । संगठन बलियो हुनु भनेको हामी बलीया हुनु हो । हामी बलिया भयौ भने मात्र हाम्रो अधिकार खोसेर लिन सकिन्छ । दुश्मनलाई चिन्दै विगतका पिडालाई संझदैं कमी कमजोरीहरुलाई सुधार्दै र बर्तमानका उपलब्धीहरुलाई संरक्षण गर्दै अगाडी बढ्नु आजको हाम्रो परम बर्तव्य हो ।
                                  (लेखिका  अखिल नेपाल शिक्षक संगठन गोरखाको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ)

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae