वैशाख ६ काठमाडौं । केन्याका जिफ्रेका मुटाइले यस बर्षको बोस्टन म्याराथनको उपाधि जितेका छन् ।
यो रेकर्ड औपचारिक हुन सकेको भए नया विश्व रेकर्ड बन्ने थियो । तर, दौडका क्रममा ओरालो झर्ने क्रममा हावाको बहावले फाइदा पुगेको तर्क अगाडि यसलाई अनौपचारिक रेकर्ड मात्रै मान्न सकिने निष्कर्ष अधिकारीहरुले निकालेका थिए । यो स्पर्धामा अर्का केन्याली धावक मोसेस मोसोप दोस्रा भए । मोसापले निर्धारित दुरी २ घण्टा तीन मिनेट ६ सेकेण्डमा पुरा गरेका थिए । अमेरिकी रायन हल तेश्रो भए ।
हलले निर्धारित दुरी २ घण्टा ४ मिनेट ५८ सेकेण्डमा पुरा गरे । यो कुनै पनि अमेरिकीले पुरा गरेको सबैभन्दा कम समय हो । महिला तर्फको उपाधि पनि केन्याली धावककै पक्षमा गयो । क्यारोलिन किलेलले निर्धारित दुरी २ घण्टा २२ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै पहिलो भइन् । यो स्पर्धामा अमेरिकी डेसिरे डेभिला दोस्रो तथा केन्याली स्यारोन चेरोप तेश्रो भइन् ।
महिला र पुरुष तर्फको उपाधि विजेता दुवै खेलाडीले जनही १ लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे । सोमवार नै भएको ह्विल चेयर रेशमा जापानी मासाजुमी सोइजिमाले पुरुष तर्फको र वाकाको सुचिदाले महिला तर्फको उपाधि जिते ।
दुई घण्टा तीन मिनेट दुई सेकेण्डमा दौड पुरा गर्दै मुटाईले पहिलो स्थान हात पारे । नया विश्व रेकर्ड कायम भएको भनिएपनि मुटाइको यो रेकर्ड अनौपचारिक भएको अधिकारीहरुले बताएका छन् । म्याराथनतर्फ इथियोपियाली धावक हाइले गाब्रेसिलासीले सन् २००८ मा बर्लिनमा बनाएको दुईघण्टा तीनमिनेट ५९ सेकेण्डको रेकर्ड छ ।
यो रेकर्ड औपचारिक हुन सकेको भए नया विश्व रेकर्ड बन्ने थियो । तर, दौडका क्रममा ओरालो झर्ने क्रममा हावाको बहावले फाइदा पुगेको तर्क अगाडि यसलाई अनौपचारिक रेकर्ड मात्रै मान्न सकिने निष्कर्ष अधिकारीहरुले निकालेका थिए । यो स्पर्धामा अर्का केन्याली धावक मोसेस मोसोप दोस्रा भए । मोसापले निर्धारित दुरी २ घण्टा तीन मिनेट ६ सेकेण्डमा पुरा गरेका थिए । अमेरिकी रायन हल तेश्रो भए ।
हलले निर्धारित दुरी २ घण्टा ४ मिनेट ५८ सेकेण्डमा पुरा गरे । यो कुनै पनि अमेरिकीले पुरा गरेको सबैभन्दा कम समय हो । महिला तर्फको उपाधि पनि केन्याली धावककै पक्षमा गयो । क्यारोलिन किलेलले निर्धारित दुरी २ घण्टा २२ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै पहिलो भइन् । यो स्पर्धामा अमेरिकी डेसिरे डेभिला दोस्रो तथा केन्याली स्यारोन चेरोप तेश्रो भइन् ।
महिला र पुरुष तर्फको उपाधि विजेता दुवै खेलाडीले जनही १ लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे । सोमवार नै भएको ह्विल चेयर रेशमा जापानी मासाजुमी सोइजिमाले पुरुष तर्फको र वाकाको सुचिदाले महिला तर्फको उपाधि जिते ।
0 comments:
Post a Comment