Sahara Sansar

Tuesday, April 19, 2011

गोरखाको स्लेट ढुङ्गा देशभरीकै उत्कृष्ट रहेको दावी

राजेन्द्र न्यौपाने
  बैशाख ६ गोरखा। राजनीति, पर्यटन, धार्मिक लगायतका कुराहरुमा ऐतिहासिक स्थान कायम राख्दै आएको गोरखा जिल्लामा स्लेट ढुङ्गाको समेत ऐतिहासीकता रहन थालेको छ । जिल्लाको सिरानडाँडामा रहेको स्लेट ढुङ्गा देशभरीकै उत्कृष्ट रहेको त्यस क्षेत्रका नागरीकहरुको दावी छ । भच्चेकबाट सुकदेव नेपालीका अनुसार यहाँका स्लेट ढुङ्गाहरु कठमाण्डौ, पोखरा, नारायणगढ लगायतका स्थानमा खपत हुँदै आइरहेका छन् ।

अन्य स्थानको स्लेट भन्दा गोरखाको स्लेट महङ्गो पर्ने सिम्जुङ्ग गाउँ विकास समिति सचिव शेखरनाथ न्यौपानेले बताउनुभयो । गाउँका घरहरुमा सिरानडाँडाको स्लेट विच्छ्याएको छ भने त्यो घरका छोराहरुले छोरी पाउने पक्का हुने गरेको स्थानीय शिक्षक रामकृष्ण अधिकारीले बताउनुभयो । गोरखाको ऐतिहासीक स्थानमा रहेको स्लेट ढुङ्गको उचित प्रचारप्रसार हुन सके त्यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने सिरानडाँडा स्थित बुद्धिजीविहरुले बताएका छन् । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae