Sahara Sansar

Tuesday, April 19, 2011

कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा दुई जना सभासद पक्राउ


वैशाख ६ काठमाडौं। रातो पासपोर्ट अर्थात कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा प्रहरीले मधेशी जनअधिकार फोरम नेपाल र नेपाली जनता दलका दुई जना सभासदलाई मंगलवार  पक्राउ गरेको छ । कुटनीतिक पासर्पोट दुरुपयोग गरेको अभियोगमा मधेशी जनअधिकार फोरम नेपालका सभासद वीपी यादव र नेपाली जनता दलकी सभासद गायत्री शाहलाई राजधानीबाट प्रहरीले पक्राउ गरेको प्रहरीलाई उदृत गर्दै हाम्रा काठमाडौं सहकर्मी विमल योगीले जनाएको छ ।

कुटनीतिक पासर्पोट दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगले छानविन गरिरहेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सभासदद्धय शाह र यादवलाई संसद बैठक सक्किएर बाहिरीने क्रममा संविधानसभा भवन बाहिर अपरान्ह प्रहरीले पक्राउ गरेको हो ।

सभासदद्धय शाह र यादवलाई पक्राउ गरेको जानकारी प्रहरीले सभामुख सुवासचन्द्र नेम्वाङलाई गराएको छ । संसद चलेका समयमा सभासदलाई पक्राउ गर्दा सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।साहको नाममा जारि भएको ०१९८२६ र यादवको नाममा जारि भएको ०१९८९३ नम्वरको रातो पासर्पोटलाई उनिहरुले दुरुपयोग गरेका थिए । उनिहरुको पासर्पोट बोकेर अरु ब्यक्ति बिदेश गएका थिए । 


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae