बैशाख ६ काठमाडौं। नेकपा एमालेका युवा सभासदहरुले जेठ १४ सम्ममा नयाँ संविधानको एकीकृत मस्यौदा नआए नेताहरुलाइ कोठाभीत्र थुन्ने चेतावनी दिएका छन । उनिहरुले संविधान जारीगर्न नसकिएपनि जेठ १४ मा संविधानको पहिलो मस्यादा तयार नभए संविधानसभाको म्याद थपगर्ने वाताबरण नबन्ने भन्दै नेतृत्वलाइ सचेत गराएका हुन ।
वरिष्ठ नेता एवं संवैधानिक समिति अन्तर्गत विबाद उपसमितिका सदस्य माधवकुमार नेपाललाइ आज भेटगरी सभासदहरुले संविधान निर्माण प्रक्रिर्यालाइ गतिदिन आग्रह गरेका हुन । त्यसअबसरमा नेता नेपालले जेठ १४ मा संविधानको पहिलो मस्यौदा सार्बजानिक गर्नकालागिपनि दवाब सृजनागर्न सभासदहरुसंग आग्रह गर्नुभएको भेटमा सहभागी सभासद पद्मा अर्यालले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment