Sahara Sansar

Saturday, April 9, 2011

एक साता भित्र सरकारले पूर्णता पाउने मन्त्री पुनको भनाइ

 चैत २६ कपिलवस्तु। युवा खेलकुद तथा शान्तिमन्त्री वर्षमान पुनले राष्ट्रपति र प्रधानमन्त्रीलाई कार्यकारी अधिकार बाड्ने गरी शासकीय स्वरुपको मिश्रित प्रणालीमा सबै दलको सहमति रहेको बताउनुभएको छ । नेपाल स्काउटको आजदेखि तौलिहवामा सुरु भएको दुईदिने राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री पुनले अल्पमत र बहुमतको खेलबाट मुक्त नहुँदासम्म संविधान बन्न नसक्ने बताउनुभयो । 


सेना समायोजनको चारवटा मोडालिटीमा छलफल भइरहेपनि उपयुक्त विधि निश्चित गर्न नसकिएको बताउदै मन्त्री पुनले यसै हप्ता सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । नेपाल स्काउटले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नसक्ने बताउँदै उहाँलॆ राष्ट्र भक्ति तथा स्वाधीनतालाई मूल मन्त्र ठान्ने स्काउटलाई वर्तमान सरकारले दीर्घकालीन नीति तयार गरी अगाडि बढाउने बताउनुभयो । 



शिक्षा सचिव शङ्कर पाण्डेले शिक्षामा देखिएका समस्यालाई हटाउन स्काउट शिक्षाको अपरिहार्यतामा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा युवा तथा खेलकुद सचिव सुशीलजंग राणाले राष्ट्र निर्माणमा स्काउटले पनि योगदान पुर् याउने बताउनुभयो ।नेपाल स्काउटका आयुक्त श्रीराम लामिछानेले प्रत्येक विद्यालयमा एउटा स्काउट युनिटको स्थापना गर्नुपर्ने माग गर्नुभयो ।



देशको ७५ जिल्लामा शाखा रहेको स्काउटको ४२ हजार सदस्य रहेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae