चैत २६ सिन्धुपाल्चोक। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब बन्ने संविधानमा प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित भएको हुनुपर्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको टेकनपुर गाविसस्थित कालिका उच्चमाविको ४४ औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै नेता सिटौलाले राष्ट्रभन्दा दल ठूलो नहुने उल्लेख गर्दै देश र जनतामाथि धोका दिने कसैलाई पनि जनताले माफी दिन हुँदैन भन्नुभयो ।
सो अवसरमा उहाँले जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा प्रथम र दोस्रो हुने समूहलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
0 comments:
Post a Comment