चैत २६ ललितपुर । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको जात्रा आजबाट प्रारम्भ भएको छ ।मच्छिन्द्रको रथ निर्माणस्थल पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथको धःमाको धार्मिक विधि अनुरुप पूजा गरी विधिवत रुपमा जात्रा प्रारम्भ भएको हो ।
रातो मच्छिन्द्रनाथ रथजात्रा बैशाखको अन्त्यतिर हुने भएपनि तिथिअनुसार आजै परेकाले रथको धःमा पूजा गरी जात्रा सुरुभएको गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।उहाँले आजैबाट मच्छिन्द्रनाथको दर्शन र पूजाआजा गर्नेको चहलपहल बढ्न सुरु हुने बताउनुभयो ।
धःमा पूजाको १५ दिनपछि मच्छिन्द्रनाथको रथ निर्माण कार्य प्रारम्भ हुने गुठी संस्थानले जनाएको छ ।
0 comments:
Post a Comment