Sahara Sansar

Friday, April 8, 2011

अनिश्चितकालीन तराई बन्द आह्वान

चैत २५ चितवन थरुहट स्वायत्त राज्य परिषद्ले आजदेखि अनिश्चितकालीन तराई बन्दको आह्वान गरेको छ । तराईका आदिवासी थारु समुदायको हुर्मत लिने उद्देश्य राखेर मधेसी जनअधिकार फोरम उपेन्द्र यादव समूह, प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको चारबुँदे सहमतिविरुद्ध सो बन्द गरिएको हो ।

थरुहट स्वायत्त परिषद्ले हिजो साँझ तराइका बिभिन्न  जिल्लाहरुमा  मसाल जुलुस प्रदर्शन गरेको थियो । वर्तमान सरकार र फोरम बीच भएको चारबुँदे सहमतिको पूर्ण खारेजी, कमैयाहरूलाई पैसा दिने निर्णय तत्काल खारेज गरिनुपर्नेलगायतका माग राखेर थरुहट स्वायत्त राज्य परिषद्ले चैत १० गतेदेखि नै चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

यसैबीच थरुहट स्वायत्त राज्यपरिषद्ले आव्हान गरेको बन्दका कारण आज विहानैदेखि दाङमा गाडी चलेका छैनन् । हालै माओवादी, एमाले र मधेशी फोरमबीच भएको सहमतिको विरोध गर्दै लक्ष्मण थारुको नेतृत्वमा रहेको थरुहटले आजदेखि पश्चिम तराईको थरुहट क्षेत्रमा वन्द आव्हान गरेको थियो । यातायात नचले पनि बजार भने पूर्ववत रुपमा खुलेको प्रहरीले जनाएको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae