चैत २५ काठमाडौं प्रधानमन्त्री चयनको २ महिना वितिसक्दा पनि मन्त्रीपरिषद्लाई पूर्णता दिने प्रयास अझै टुंगिएको छैन । यसै विषयमा छलफल गर्न आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले सक्दो चाँडो निचोडमा पुग्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा करीब १० मिनेट जति बसेको बैठकमा यस अघि भएको सैद्धान्तिक सहमतिमाथि थप छलफल भएको मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । संक्षिप्त बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल सहभागि हुनुहुन्थ्यो ।
प्रधानमन्त्री खनालले एकदुई दिनमा भागवण्डा मिल्ने र मन्त्रीमण्डल विस्तार हुने बताउनुभयो ।
0 comments:
Post a Comment