अस्मिता खनाल
चैत २५ पोखरा उपप्रधान तथा संचार मन्त्री कृष्ण महादुर महाराले राजनितिक सहमति भए मात्रै जेठ १४ गते संविधान जारी गर्न सकिने वताउनभुएको छ । प्रक्रियागत र संवैधानिक ढङ्गबाट भने जेठ १४ मा संविधान जारी गर्न सम्भव नभएको महाराले वताउनुभयो ।
रेडियो गण्डकी तथा गण्डकी टेलिभिजनले आयोजना गरेको गण्डकी माछापुच्छ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका महराले क्रान्तिकारी पत्रकार संघले आज विहान गरेको पत्रकार सम्मेलनमा यस्तो वाताउनुभएको हो ।
जेठ १४ गते नै संविधान जारी गर्ने पक्षमा माओवादी रहेपनि दलहरुबीच राज्य पुर्नंरचना, शाशकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा जटिल विवादहरु कायम रहेको महारले बताउनुभयो । संविधान निर्माणका लागि दलहरु सहमतिमा आउनुपर्ने भन्दै महराले संविधान सभाको म्याद थप गर्ने पक्षमा भने माओवादी नरहेको प्रष्ट पार्नुभयो । सेना समायोजन र रि ग्रुपिङको प्रक्रिया अघि वढाउन माओवादी तयार रहेको तर मापदण्ड र मोडालिटीमा विमति रहेको पनि महाराले वताउनुभयो ।
सरकारले १/२ दिनमै पुर्णता पाउने दावी गर्दै महारले संविधान जारी गर्न मिल्ने गरी २ तिहाई को समर्थनमा सरकारले पुर्णता पाउने जिकिर समेत गर्नुभयो । सहमति अनुसार गृह मन्त्रालय माओवादीले नै पाउने पनि महराले दोहोर्याउनुभयो ।
0 comments:
Post a Comment