चैत २५ सुर्खेत। एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओबादी पार्टी फुट्न लागेको भन्ने हल्ला अतिरञ्जित भएको टिप्पणी गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघ सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले क्रान्तिकारी पार्टीभित्र हुुने स्वभावीक बहसलाई लिएर पार्टी फुट्न लाग्यो भनि जनता र कार्यकर्तामा आतंक फैलाउन खोजिएको दावि गर्नुभयो ।
केही माओवादी नेताको मोवाइलमा बाबुरामले पार्टि फुटाउन खोजेको भनि म्यासेज गरिएको प्रसङ्गमा उपाध्यक्ष भट्टराइले सत्ताधारी प्रवृत्ति भएकाहरुले आफ्नो बदनाम गराउन खोजेको आरोप लगाउनुभयो । उहाँले संविधान जारी गर्ने समय नजिकिँदै गर्दापनि दलहरु गम्भिर नभए देशमा संवैधानिक रिक्तता भई राष्ट्रपति वा सेना मार्फत प्रतिगमनकारी गतिविधी हुने खतरा बढेको टिप्पणी गर्नुभयो ।
संविधान सभाको विघठन गरि गणतन्त्र, संघीयता,धर्म निरपेक्षता लगाएतका उपलब्धिको रक्षा गर्नका लागि सबै राजनीतिक दलहरु लाग्नुपर्नेमा उपाध्यक्ष भट्टराइले जोड दिनुभयो।
0 comments:
Post a Comment