Sahara Sansar

Thursday, April 7, 2011

पार्टी फुटाउन विश्व नै लागेको एकीकृत माओवादी अध्यक्ष प्रचण्डको दाबी

चैत २४ काठमाडौं। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी फुटाउन विश्वभरकै शक्ति लागिरहेको दाबी गर्नुभएको छ । प्रचण्डले नेपाल वा छिमेकी मुलुकमा होइन विश्व शक्ति नै माओवादी फुटाउन लागेको दाबी गर्नुभयो ।

पाँचौ जनआन्दोलन दिवस मनाउन आज काठमाण्डूको वसन्तपुरमा माओवादीले गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले मिडियाहरु पनि माओवादीलाई कुनै न कुनै तरिकाले फुटाउन लागेको आरोप लगाउनुभयो। आफ्नो पार्टीलाई उडेको चिलको संज्ञा दिंदै उडेको चिल कहिल्यै भुईंमा नबस्ने बरु अझ बढी उड्ने दाबी गर्नुभयो । अरु पार्टीलाई भने प्रचण्डले भुईमै बस्ने कुखुरा भनी टिप्पणी गर्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी शान्ति र संविधानको पक्षमा रहेको भन्दै त्यसविरुद्ध षड्यन्त्र भए फेरि आन्दोलनमा जाने चेतावनी दिनुभयो । तर सबै देशभक्तहरु एक भए समयमै संविधान लेख्न सकिने बताउनुभयो ।

माओवादीले जनआन्दोलन दिवसका अवसरमा आज काठमाण्डू लगायत देशभर सभा गरेको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae