Sahara Sansar

Tuesday, April 19, 2011

त्रिशूलीमामा कार खस्दा ४ जना बेपत्ता

वैशाख ६ धादिङ । काठमाडौंबाट चितवनको मुग्लिङतर्फ जाँदै गरेको एउटा कार आज त्रिशूली नदीमा खसेर हराइरहेकॊ छ ।धादिङको जोगिमारा गाविस-९ ज्यामिरेघाट नजिक राजमार्ग छेउबाट रातो रङको निजी कार त्रिशूली नदीमा खसेको स्थानीयवासीले बताएका छन् ।

कारमा कतिजना सवार थिए भन्ने यकिन नभए पनि चालकसहित चारजना यात्रु रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।कार खसेको स्थानमा नदी किनारमा एउटा झोला मात्र फेला परेको जिल्ला प्रकरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताउनुभयो ।

कारको खोजी कार्य जारी रहेको भएपनि केही जानकारी नआएकोले चारजना नदीमा परेर बेपत्ता भएको प्रहरीको भनाइ छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae