चैत २७ काठमाडौँ। एकीकृत नेकपा माओवादी नेता हितमान शाक्यले एमाओवादीलाई फुटाउनका लागि देशी-विदेशी शक्तिबीच चलखेल भइरहेको आशङ्का व्यक्त गर्नुभएको छ ।
अखिल क्रान्तिकारी बागलुङ् सम्पर्क समितिले आयोजना गरेको तेस्रो भेलाको उद्घाटन गर्दै उहाँले एमाओवादी मुलुकको सबैभन्दा ठूलो पार्टी भएकाले त्यसलाई फुटाउने चलखेल भइरहेको दाबी गर्नुभयो ।
शान्तिप्रकि्रया र संविधान लेखन कार्यलाई सँगसँगै लगेर तोकिएको समयमा नै संविधान जारी गर्नका लागि काङ्ग्रेस लगायत सरकार बाहिर रहेका अन्य दललाई समेत सरकारमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
0 comments:
Post a Comment