Sahara Sansar

Sunday, April 10, 2011

शान्ति र संविधानका लागि मुख्य तीन ठूला दलहरु जिम्मेवार नभएको गच्छदारको आरोप

  चैत २७ वीरगन्ज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले शान्ति र संविधानका लागि मुख्य तीन ठूला दलहरु जिम्मेवार नभएको आरोप लगाउनुभएको छ ।

रिपोर्टस्र क्लब पर्साले  आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै अध्यक्ष गच्छदारले साना राजनीतिक दलहरु शान्ति र संविधानप्रति गम्भीर भएपनि ठूला दलका कारण थपिएको समय जेठ १४ मा पनि नयाँ संविधान जारी हुने सम्भावना कम रहेको बताउनुभयो ।

उहाँले आफूहरु जेठ १४ मा नै नयां संविधान जारी हुनुपर्छ भन्ने अडानमा रहेको बताउनु हुँदै यदि म्याद थप्ने हो भने शान्ति र संविधानको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जन्मदैमा अपाङ्ग बनेको वर्तमान सरकारले शान्ति र संविधान जारी गर्नेमा आफूहरु विश्वस्त हुन नसकेको बताउँदै शान्ति र संविधानका लागि सुनिश्चित भएमा मात्रै आफूहरु संविधानसभाको म्याद थप्न तयार रहेको सङ्केत गर्नुभयो ।

गच्छदारले सरकार निर्माणको क्रममा एमाओवादी र एमालेबीच भएको सातबुँदे सहमति खारेज हुनुपर्ने बताउनुभयो। 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae