Sahara Sansar

Saturday, December 25, 2010

डर ,धम्की,त्रासको भरमा कसैले पनि राज्यको कानुनलाई उल्लघन गर्न नमिल्ने: प्रधानमन्त्री


पुस १० बुटवल । प्रधानमन्त्री माधवकुमार नेपालले डर,धम्की,त्रासको भरमा कसैले पनि राज्यको कानुनलाई उल्लघन गर्न नमिल्ने बताएका छन्। शनिबार बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्दन महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विगतमा धेरै विषयमा सहमती भएपनि त्यसले साकार रुप ग्रहण गर्नुको साटो कुरामा मात्रै सिमित वन्ने गरेकोमा चिन्ता समेत प्रकट गरे । सहमतीले साकार रुप ग्रहण गर्नु अनिवार्य रहेको उनको भनाई छ।

प्रधानमन्त्री नेपालले पछिल्लो पटक एकिकृत नेकपा माओवादीसग भएको सहमती कार्यन्वयनमा हुने आंशका व्यक्त गरे । धेरै कुरामा धेरै पटक सहमती पनि हुन्छ,अविलम्व कार्यन्वयन गर्ने कुरा पनि हुन्छ । उनले भने-तर हुने गर्छ विलम्व, त्यसैले अहिलेपनि सहमती कार्यन्वयन हुनेमा अझै शंका छ ।
प्रधान मन्त्री नेपालले माओवादी लडाकुको क्यान्टोनमेण्ट खाली गराउने कुरामा माओवादी सहमत भई पुस मसान्तभित्र त्यो कार्य हुन सके शान्ति प्रक्रियाले गती लिने जनाए ।
उनले शान्ति र संविधान विकासका पुर्व शर्त रहेको बताउदैं समृद्द नेपालको निमार्णका लागि सहमतीको यात्रा जरुरी रहेको बताए ।
पर्यटन वर्षो प्रचारप्रसार गर्दै पर्यटनको अनन्त संभावनाको खोजी गरिनुपर्नेमा जोड दिदैं प्रधानमन्त्री नेपालले बुटवललाई औद्योगिक नगरी वनाउन सरकार सकारात्मक रहेको समेत बताए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae