चैत २४ काठमाडौं । परमानन्द झाले राजनीतिक दलहरुले समसामयिक विषयमा निकास दिन नसके राष्ट्रपति डा रामवरण यादवले निकास दिनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले उपराष्ट्रपतिको कार्यकक्षमै बिहीवार गरेको साक्षात्कारमा उहाँले राजनीतिक दलहरुले जिम्मेवारी पुरा गर्न नसके अन्तरिम संविधानले संरक्षकको रुपमा हेरेको राष्ट्रपतिले जिम्मेवारी पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।
दलहरुले दायित्व पूरा गर्न नसके मुलुकलाई अस्तव्यस्त छाड्न मिल्दैन कोही त अगाडि आउँनै पर्छ नी उहाँको तर्क थियो । भावी संविधान कस्तो बन्ने भन्ने निक्र्यौल भईनसकेको अवस्थमा जेठ १४ गतेभित्र मुलुकमा नयाँ संविधान जारी हुन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।
उपराष्ट्रपतिले बैशाख महिनाभित्रमा विवादित विषयमा सहमति बने संविधान लेखेर जारी गर्न आवश्यक एक दुई महिनाको समय थप्न सकिने स्पष्ट पार्दै विवादित विषयमा सहमति नबेको अवस्थामा संविधानसभाको म्याद थप्नुको अर्थ नहुने तर्फ संकेत गर्नुभयो ।
उहाँले नेपाली जनताले संविधान बन्छ भन्ने विश्वास गर्ने आधार तयार हुने गरी विवादीत विषयमा सहमति जुटे संविधान लेखन र पारित गरि जारी गर्ने लामो प्रक्रियाको लागि समय थपिए नेपाली जनताले स्विकार गर्ने नत्र नमान्ने धारणा राख्नुभयो ।
0 comments:
Post a Comment