Sahara Sansar

Thursday, April 7, 2011

बुटवलमा निर्माणाधीन मगर घाट अन्तिम चरणमा

चैत २४ बुटवल ।यही चैत्र २६ गते उद्घाटन हुन गइरहेको मगर घाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको मगर संघले जनाएको छ । बुटवल नगरपालिका र शंकरनगर गाविसको सिमा देविनगरको तिनाउं नदिमा मगर घाटको निर्माण भइरहेको हो ।

घाटको निर्माण मगर संघ शंकरनगर गाउं समितिको पहल तथा नेपाल मगर संघ बुटवल नगर समितिले निर्माण गरेको हो ।उक्त घाटको उद्घाटन एक कार्यक्रमबीच शान्ति तथा पुर्ननिर्माण मन्त्री वर्षमान पुनले गर्नुहुंने संघले जनाएको छ ।

२२ लाख लागतमा निर्माण भएको घाट उद्घाटन कार्यक्रममा घाट निर्माणका लागि सहयोग गर्ने करिव सात सय जनालाई सम्मान गरिने कार्यक्रम रहेको संघका नगर अक्ष्यक्ष जनक थापाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae