भरत पाण्डे चैत २४ काठमाडौ ।
लिबियाली नेता कर्णेल गद्धाफिले लिवियामा हवाई हमला रोक्न अमेरिकालाई गरेको आग्रह अमेरिकाले अस्वीकार गरेको छ । कर्णेल गद्धाफिले अमेरिकी राष्ट्रपति बराक ओबामालाई नेटो सेनाको तर्फबाट लिवियामा जारी हवाई हमला रोक्न राष्ट्रपति ओबामालाई पत्र लेख्नुभएको थियो । तर ओबामाले यस्लाई अस्वीकार गर्नुभयो । तर अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भने लिवियाले तुरुन्त युद्धविरामको घोषणा गर्नुपर्ने, गद्धाफी समर्थित सेनालाई बिभिन्न शहरबाट तुरुन्त फिर्ता बोलाई निर्वासनमा जानुपर्ने बताउनुभयो । र, अमेरिकाका पूर्व सांसद कल्ट वेल्डनले युद्धबिरामको संभावनाबारे बुझ्न लिबियाको अनौपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
0 comments:
Post a Comment