Sahara Sansar

Wednesday, April 20, 2011

शान्ति प्रकि्रयाले केही हप्तामै फड्को मार्ने-प्रधानमन्त्री खनाल

वैशाख ७ काठमाडौँ । प्रधानमन्त्री झलनाथ खनालले आगामी केही हप्ताभित्रमा शान्ति प्रकि्रया फड्को मार्ने र त्यसले मुलुकमा सकारात्मक वातावरण बनाउने बताउनुभएको छ ।
नेपालको राष्ट्रिय सुरक्षा परिषद्को भावीस्वरुप कार्यक्षेत्र र संरचना विषयक आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले शान्ति र संविधानको जिम्मेवारी पूरा गर्ने कर्तव्य र दायित्वप्रति आफू सचेत रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री खनालले शान्ति प्रकि्रयालाई आगामी जेठ १४ गते अघि नै ठोस दिशा दिन संविधानसभामा उपस्थित सङ्ख्याको आधारमा राजनीतिक दलले जिम्मेवारीका साथ ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सुरक्षासम्बन्धी अवधारण अब केवल सुरक्षासँग मात्र सीमित नभएर राजनीतिक आर्थिक र विकाससँग जोडिदै गएको बताउँदै उहाँले राष्ट्रिय सुरक्षा परिषद्लाई नयाँ नेपालको परिकल्पना सँगसँगै व्यवस्थित तुल्याउनु पर्छ भन्नुभयो ।

प्रधानमन्त्री खनालले बदलिँदो परिस्थितिअनुसार सुरक्षा क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न सुरक्षासम्बन्धी अवधारणालाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले मुलुकसामु सङ्क्रमणकालले धेरै ठूला सम्भावना र चुनौती लिएर उभिएको उल्लेख गर्दै यसलाई अत्यन्त कुसलताका साथ सम्पन्न गर्न राजनीतिक दलले खेल्ने भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae