Sahara Sansar

Thursday, April 7, 2011

एकीकृत माओवादीले देशव्यापी सभा गर्दै

चैत २४ काठमाण्डु ।
एकीकृत नेकपा माओवादीले आज देशभर प्रदर्शन र सभा गरिरहेको छ । जनआन्दोलन दिवसका दिन माओवादीले आज शान्ति र संविधानका लागि भन्दै देशव्यापी कार्यक्रम गरेको हो ।  यसैक्रममा अहिले काठमाण्डूको खुलामंचमा पनि कार्यक्रम भइरहेको छ । काठमाण्डुको सभालाई  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुले सम्वोधन गर्दैहुनुहुन्छ । त्यसअघि उपत्यकाको विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो । माओवादी प्रवक्ता दिनानाथ शर्माले शान्ति प्रक्रिया पुरा हुन नदिन र संविधानका विपक्षमा षड्यन्त्र भइरहेकाले देशब्यापी सभा गर्न लागेको जानकारी दिनुभयो ।
जनआन्दोलन दिवसको अवसर पारेर सभा गर्न लागे पनि शान्ति र संविधानमा केन्द्रित हुने शर्माले बताउनुभयो । सभाका लागि केन्द्रीयस्तरका माओवादी नेताहरु देशभरि खटिएका छन् । यसैबीच नेपाली कांग्रेसले पनि जनआन्दोलन सुरु भएको दिनको सम्झनामा विभिन्न ठाउँमा सभा गर्दैछ । आज चैत २४ गते जनआन्दोलन सुरु भएको दिनका रुपमा मनाईंदैछ । २०४६ साल चैत २४ गते आजै दिन पञ्च्याती व्यवस्था विरुद्ध निर्णायक आन्दोलन सुरु भएको थियो । त्यस्तै ०६२/६३ को जनआन्दोलन पनि आजकै दिनबाट निर्णायक रुपमा सुरु भएको थियो । १९ दिन लामो जनआन्दोलनका क्रममा २५ जना शहिद हुनु परेको थियो । आजकै दिनमा नेपालीले पटकपटक प्रजातन्त्रको लागि संघर्षको सुरुवात गरेकोले पनि स्वतन्त्रता प्रेमीहरूले आजको दिनलाई विषेश महत्वका साथ संझने गर्दछन् । आज केहीले जनआन्दोलन दिवसका रुपमा पनि मनाउने गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae