चैत २८ काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नाम सिफारिशका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै छ । साँझ बस्ने परिषद् बैठकले प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको नाम सिफारिश गर्ने भएको छ । रेग्मीको नाम सिफारिशपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको संसदीय सुनुवाईको प्रकि्रया सुरु हुनेछ ।
उमेर हदका कारण वर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले १४ महिने कार्यकाल पूरा गर्दै आउने वैशाख २२ गते अवकाश लिँदै हुनुहुन्छ ।
0 comments:
Post a Comment