घनश्याम पाण्डेय
चैत २४ पोखरा । गण्डकी माछापुछ्रे वेष्टर्न युनियन लोकदोहोरी तारा २०६७ को उत्कृष्ट ४ मा बाग्लुङ्गका प्रकाश सपुत विक., पर्वतका चित्रसागर श्रेष्ठ, स्याङजाका श्याम राना र कास्कीका निशा पोखरे ल छनौट भएका छन् । पोखराको पृथ्वीचोकमा आज सम्पन्न उत्कृष्ट १० जना प्रतिस्पर्धीबीच भएको चौथो चरणको अडिसनबाट उहाँहरु फाइनल चरणमा पुग्न सफल हुनुभएको हो ।
यससंगै उत्कृष्ट १० मा पर्न सफल सीता परियार, शोभा कार्की, गोपिराम गुरुङ्ग, जौमाया हिताङ्ग, आयुस परियार र मञ्जु विक आजको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । रेडियो गण्डकी र गण्डकी टेलिभिजन पोखराले आयोजना गरेको गण्डकी माछापुछ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा २०६७ अन्र्तगत उत्कृष्ट ४ मा पर्न सफल कलाकारहरुवीच आजै पोखराको चिप्लेढुंगामा कन्सर्टको पनि आयोजना गरिएको थियो। गण्डकी माछापुछ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा २०६७ को उपाधि र नगद १ लाख पुरस्कारको लागि भोली चिप्लेढुंगामै उत्कृष्ट चार जनाबीच अन्तिम प्रतिष्पर्धा हुनेछ ।
फाईनल प्रतिष्पर्धामा उपप्रधान एवं मन्त्री कृष्णबहादुर महराको प्रमुख अतिथ्यता रहने रेडियो गण्डकीले जनाएको छ । यसैगरी दोहोरी गायन प्रतिष्प्रर्धामा द्वितिय स्थान हासिल गर्नेले २५ हजार, तृतीय स्थान हासिल गर्नेले १० हजार र सान्त्वना हुनेले ५ हजार नगद प्राप्त गर्ने छन् । गण्डकी र धौलागिरीका ८ जिल्लामा सम्पन्न पहिलो अडिसनवाट छानिएर आएका प्रतिष्प्रर्धीहरुबीच पोखरामा दोश्रो र तेश्रो र चौथो चरणको अडिसन सम्पन्न भै–सकेका छन् ।
रेडियो गण्डकीको तेश्रो वार्षिकोत्सवको अवसरमा लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले गण्डकी माछापुछ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा आयोजना गरिएको हो ।
भोलि अन्तिम प्रतिष्पर्धासंगै विशेष कार्यक्रमको आयोजना गरी लोकदोहरी तारा घोषणा गरिने रेडियोले जनाएको छ ।
0 comments:
Post a Comment