Sahara Sansar

Friday, April 1, 2011

प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने


एस बि गौतम।
 सिन्धुलीमा क्रियाशील तामाङ भाषाको एकमात्र साहित्यिक संस्था प्राङ्बोला छार न्हानले तामाङ भाषामा साहित्यिक जागरण अभियान संचालन गर्ने भएको छ।

प्राङ्बोला छार न्हान, सिन्धुलीका अध्यक्ष काजीमान थिङले आज एक प्रेस विज्ञाप्ती प्रकाशित गरी अभियान संचालनको जानकारी गराएका हुन् ।

“तामाङ भाषाको संरक्षण र विकासका लागि १६ दिने भाषिक–साहित्यिक जागरण अभियान–२०६७÷०६८” नाम दिएको अभियान यही चैत्र २४ गते पूरानो भाँगाझोली गाविसको बन्दिपुरमा शुभारम्भ भई ०६८ बैशाख ११ गते
लोकतन्त्र दिवसका दिन सिन्धुलीको हरिहरपुरगढी गाविसको गढी दरबारमा पुगी समापन हुने प्राङ्बोला छार न्हानले जनाएको छ ।

अभियानकोक्रममा ऐतिहासिक तामाङ गाउँ–बस्तीहरूको भ्रमण गरी तामाङ भाषा, संस्कृतिका जानकार ताम्बा, बोम्बो, लामा तथा गिताङ्गेहरूसँग प्रत्यक्ष अन्र्तक्रिया गरिने र नयाँ पुस्ताका लागि साहित्यिक प्रतियोगिता संचालन गरिने प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।

अभियानमा कलाकार सोनाम बज्यू, तुलसा वाईवा, फूलकुमार बोम्जन लगायत तामाङ कवि, कवियत्री, संचारकर्मीहरूसहित १५ जनाको टोली सहभागि रहेने पनि अध्यक्ष थिङले बताउनु भयो ।

अभियान अन्र्तगत पूरानो झाँगाझोली, नेत्रकाली–घ्याङलेख, तामाजोर, बस्तिपुर, अमले, भद्रकाली, डाडीगुराँसे, महादेवस्थान, कल्पवृक्ष, पिपलमाडी, हरिहरपुरगढी र क्यानेश्वरका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय तामाङ बस्तीहरूको अवलोकन गरी साहित्यिक कार्यक्रमहरू अयोजना गरिने छ ।

तामाङ भाषा, साहित्यको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संचालित अभियानले चलिरहेको पर्यटन वर्ष २०११, शुरू हुन लागेको विद्यार्थी भर्ना अभियान र राष्ट्रिय जनगणना २०६८ को महत्वको बारेमा समेत तामाङ भाषामार्फत समुदायलाई बुझाउने लक्ष्य राखेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae