चैत १८ काठमाडौं। संबैधानिक समितिको बैठक चलिरहेको बेला सभासद् बिसेन्द्र पासवानले हलबाट बाहिर कुर्सी फाल्नुभएपछी संवैधानिक समितीको वैठक २२ गते सम्मको लागि स्थगित गरिएको छ ।
बैठक स्रोतका अनुसार विवाद भएपछि समितिको बैठक बसिरहेको चौथो तल्लामा रहेको ३०४ नम्बरको कोठाबाट २४ नम्बरको कुर्सी फ्याँकिएको थियो ।
आदिवासी जनजाति मुस्लिम तथा दलितहरुको अधिकारको बिषयमा ठूला दलहररु गम्भीर नभएको भन्दै सचासद पासवानले चार तला माथिको बैठक कक्षबाट कुर्सी फाल्नुभएको हो ।
बैठककै क्रममा हिजो ठूला तीन दलले साना दल तथा स्वतन्त्र सभासद्हरुलाई बोल्न समय नदिएको भन्दै सभासद् पासवान सहित स्वतन्त्र सभासद सदरुल मियाँले पनि होहल्ला र संवैधानिक समीतिको मस्यौदा च्यात्नु भएको थियो ।
विवाद पछि बैठक २२ गते मंगलबार सम्मका लागि स्थगित गरिएको छ ।
0 comments:
Post a Comment