राजेन्द्र न्यौपाने
बैशाख ७ गोरखा, । अंग्रेजी भाषा शिक्षण समुह र अमेरीकन राजदुतावासको आयोजनामा मंगलवार गोरखाको जिल्ला विकास समितिको सभा हलमा अंग्रेजी भाषा सिक्ने कार्यक्रमको औपचारिक शुरुवात गरिृएको छ । नेपालको ३ जिल्ला काठमाण्डौ, भैरवा र गोरखा जिल्लामा यस कार्यक्रम लागु भएको छ ।
नेपाल भरका १२० जना मध्ये गोरखा जिल्लावाट ४० जन विद्यार्थी यस तालिमा सहभागी रहेको जनाईएको छ । गोरखा जिल्लाका नगरपालिका वरपरका शक्ति उच्च मावि, महेन्द्र ज्योति उच्च मावि, महालक्ष्मी उच्च मावि, नवज्योति मावि , सरस्वती मावि , वालमन्दिर निमावि र डुम्रीडाँडा निमावि का विद्यार्थीहरु विद्यालयका पहँुचवाट वाहिर जानवाट वञ्चित विद्यार्थी रहेका छन् ।
कार्यक्रममा अंग्रजी भाषा शिक्षण समुह गोरखाकी अध्यक्ष हरि मायाँ शर्मा, अंग्रेजी भाषा शिक्षण समुह केन्द्रिय उपाध्यक्ष मायाँ राई, अमेरिकन राजदुतावासका प्रतिनिधि अमेण्डा, फार्ईफ म्यान्टन प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।
गोरखा जिल्लामा उपेन्द्र वावु ढकाल, लक्ष्मण वावु आचार्य, केदार मणी अर्याल र कमल राज देवकोटाले गोरखाका ४० जना ८ कक्षा उर्तिण विद्यार्थीहरुलाई अध्यापन गराउने शिक्षक छनौट हुनुभएको थियो । उहाँहरुलाई आज नै प्रमाणपत्र प्रदान गरिएको थियो ।
0 comments:
Post a Comment